प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धनको बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।

यसैबीच मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मङ्सिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ । २०७४ सालमा मङ्सिर १० र २१ मा गरी दुई चरणमा चुनाव भएको थियो ।

You might also like
Comments
Loading...