विभेदपूर्ण लिङ्ग छनोट रोकथाममा सञ्चार माध्यमको भूमिका
काठमाडौं । संञ्चार माध्यमा छोरी या महिलाको विषयका समचारले कम मान्यता पाएको छ । जवसम्म प्रत्येक मानिसको सोचमा परिर्वतन आउन सक्दैन तबसम्म छोराछोरीबीच विभेद भइरहने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।
सञ्चारिका समुह र संयुक्त राष्ट्र संघीय जनसंख्या कोष यूएनएफपिएको सहकार्यमा भएको कार्यक्रमा बोल्ने वक्ताहरुले गर्भबाट नै छोरा र छोरीबीच विवेद गरिएको बताएका हुन् । कार्यक्रममा छोरीको महत्व बढाउन र गर्भका छोरी बचाउनको लागि संचारमाध्यमको महत्वपुर्ण भुमीका रहने कुरामा जोड दिइएको थियो।
विभेदपूर्ण लिंग छनोट रोकथाममा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा लैङ्गिक समानता र लैङ्गिक रुपान्तरणका लागि छोरीको महत्व बढाउन मूल प्रवाहका सबैजसो सञ्चार गृहका सम्पादकहरुले विसंगतीको विउ रोपिन नदिन सञ्चार माध्यमको तर्फबाट साझा धारणा बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अन्तरकृयामा बोल्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यो आमा र बच्चाको स्वास्थ्यसँग जोडिएको विषय भएकाले गर्भ छान्ने अधिकार कसैलाई पनि नभएको बताए । पत्रकारले यसलाई सामाजिक न्यायको क्षेत्रबाट वकालत गर्दै अघि बढ्नुपर्ने पोखरेलको भनाई थियो।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा.समिक्षा कोइरालाले अहिले चिकित्सा विज्ञानको सहयोगमा कतिपय मुलुकमा महिला गर्भावस्थामा भ्रुणको लिङ्ग पहिचान गरी छोरी भएको अवस्थामा गर्भपतन गर्ने गराउने प्रवृत्ति निरन्तर बढी रहेकोले छोराको प्राथमिकता अहिलेको विकराल समस्याको रुपमा देखिएको बताइन् । सरकारले गर्भपतनलाई वैधता दिएकाले नभई बालिका भन्ने थाहा पाएर गर्भपतन गर्नु अन्याय भएको उनको भनाइ थियो ।
अन्नपूर्णपोष्टका प्रधानसम्पादक अखण्ड भण्डारीले छोरीको महत्वको वियमा पनि हरेक दिन समाचार कक्षमा सम्पादक समूहबीच छलफल हुन जरुरी भएको बताएए । त्यस्तै, सञ्चारिका समूहका पूर्व अध्यक्ष निर्मला शर्माले आफ्नो अनुभव सुनाउदै प्रकृतिको सन्तुलन विरुद्धको यो अपराध रोक्न सबैभन्दा पहिला मानसिकता परिवर्तनको आवश्यकता रहेको बताइन् ।
त्यस्तै, कान्तिपुर पत्रिकाका सम्पादक सुरेशराज न्यौपानेले कानुनीरुपमा छोरीलाई समान अवसर रहेको र कुनै विभेद छैन भन्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले छोरीको बाच्न पाउने अधिकार गर्भबाटै खोसिनु प्रकृतीका लागि चुनौती भएको बताउँदै लिङ्ग पहिचान गरेर छोरीहरुलाई जन्मिन नदिनु अपराध रहेको बताइन्।
अन्तरक्रियामा बोल्दै यूएनएफपिएका सञ्चार तथा ज्ञान व्यवस्थापन विज्ञ केनोशा कुमारेसनले विभेदपूर्ण लिंग छनौटको रोकथाम र अन्त्यको अभियानमा साथ दिएका सबै सञ्चार गृहलाई धन्यवाद दिँदै छोरीको महत्वका विषयमा संवाद गर्न, सञ्चार गृहलाई संवेदनशील बनाउन र अभियानको पक्षमा सहकार्य गर्न तयार रहेको बताइन् । अन्तरक्रियामा सहभागी अधिकांश सम्पादक तथा सहसम्पादकले शहरमा यो समस्या झनै विकराल हुँदै गएकाले छोराको प्राथमिकता रोक्न व्यवहारमा परिवर्तन, सांस्कृतिक मनोवृत्ति र लैङ्गिक रुढीवादी सोच परिवर्तन गर्नका लागि वकालत गर्ने र आफ्नो सञ्चार गृहबाट यस्ता विषयलाई सक्दो उठान गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा सञ्चारिका समूहका पूर्व अध्यक्ष बबिता बस्नेत, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललगायत विभिन्न सञ्चार गृहका सम्पादक तथा सहसम्पादकको सहभागीता थियो ।

ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




