मन्त्री श्रेष्ठ र राजदूत गोडरबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध विस्तार भएको छ दशकभन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ हुनुको साथै द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रसमेत विस्तार भएको बताए ।
सरकार भूमिको समुचित उपयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्धि हासिल गर्नतर्फ लागिरहेको भन्दै इजरायलले सहकारीका माध्यमबाट गरेको समृद्धिबाट नेपालले धेरै कुरा सिक्न सकिने मन्त्री श्रेष्ठले जोड दिए ।
भेटमा राजदूत गोडरले नेपालको भूमि व्यवस्थापन र कृषि विकासमा प्रविधिको भूमिका महत्वपूर्ण हुने भन्दै नेपाल प्राकृतिक र कृषिमा धेरै सम्भावना भएको देश भएकाले इजरायलले गरेको प्रविधिको प्रयोग नेपालका लागि पनि उपयोगी हुनसक्ने जानकारी दिए ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




