प्रमुख खवर

भोजपुरमा यस वर्ष ९० प्रतिशत रोपाइँ

भोजपुर । भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँमा समयमै रोपाइँ भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए ।

उनले भने, “भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ । दुई बाली लाग्ने क्षेत्रमा अझै पनि रोपाइँ भइरहेको अवस्था छ । समयमा वर्षा भएकाले गत वर्षको तुलनामा अलि बढी क्षेत्रमा रोपाइँ भएको हो ।”

जिल्लाभर १८ हजार ९२ हेक्टरमा धानबाली हुने गरेकामा साउन २० सम्म १६ हजार दुईसय ८२ हेक्टरमा रोपाइँ सकिएको सूचना अधिकारी अम्गाईंले बताए । जिल्लाको नौवटै स्थानीय तहको तल्लो भेगमा धानबाली हुने गरेको छ ।

पछिल्लो समय बसाइँसराइका कारण खेत बाँझै राख्ने गरिएको छ । समयमै मल नपाउँदा भने समस्या भएको कृषकले गुनासो गरेका छन् । स्थानीय जोखिमका किसान धनबहादुर थापाले मल नपाउँदा समस्या भएको बताए ।

उनले भने, “सरकारले समयमा मल नदिँदा किसानलाई समस्या भएको छ । युरिया मल बाहिरी बजारबाट प्रतिबोरा रु दुई हजार ४०० मा ल्याउन बाध्य छौँ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...