हिमाली क्षेत्रमा फागुन २१ को निर्वाचन ‘नाटक’ मात्रः ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ अग्रसर नरहेको आरोप लगाउनुभएको छ । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले एउटा पनि राम्रो काम नगरेको, नराम्रो कामको डंगुर बनेको र फागुन २१ गते घोषित प्रतिनिधि सभा निर्वाचन उच्च हिमाली तथा पहाडी क्षेत्रमा व्यावहारिक नभएको आरोप लगाउनु भयो ।
उहाँले निर्वाचनको मिति तोकिए पनि यसको व्यावहारिकता शंकास्पद रहेको बताउनु भयो । अध्यक्ष ओलीले शहरी क्षेत्रमा जस्तो हिमाली तथा पहाडी क्षेत्रमा निर्वाचनको प्रभाव कम हुने र त्यहाँ राजनीतिक दलहरू बलिया भए पनि भोट खस्ने सम्भावना न्युन रहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उनीहरुले एउटा पनि राम्रो काम देशका लागि गरेका छैनन् । नराम्रोको डंगुर भइसक्यो । जन्मिदा जन्मिदै यिनीहरुको जन्मसँगै देशमा कस्तो कस्तो उपद्रव भइसक्यो । यिनीहरुको जन्मसँगै कत्रो उपद्रव भयो देशमा । यिनीहरुले खोजेको के हो रु राजनीतिको विरोध गर्दछन् । खराब राजनीति गर्दछन् । राजनीतिक दलहरुको विरोध गर्छन् अनि खराब दल निर्माण गर्दछन् । राजनीतिक गतिविधिको विरोध गर्दछन् । खराब गतिविधि सञ्चालन गर्दछन् । राजनीतिक नेताहरुको विरोध गर्दछन् । आरोप, अपराध नै अपराधका चाङमा उभिने खालका काम गर्दछन् । अहिलेको सरकार फागुन २१ गते चुनाव गर्छु भन्दैछ, २१ गते चुनाव हुन्छ की हुँदैन टुंगो छैन । हिमाली भेगमा मान्छे छैनन् । चुनावका लागि हिमाल चढ्न जस्तै अहिलेको समयमा कोही भोट खसाउन जानेवाला छैन । मान्छे नभएको ठाउँमा बाक्सा थापेर के हुन्छ । चार हजार जनाले भोट हाल्नुपर्ने ठाउँमा चार जनाले भोट हालेर बाक्सा फिर्ता पठाएर के हुन्छ । चुनावको नाटक हुन्छ । उच्च हिमाली भेगमा भोट खस्नेवालै छैन । त्यही पनि चुनाव गर्ने भनेर लागिरहेकै छ । यसकारण पनि गर्न खोजिरहेको छ, की शहरी क्षेत्रमा जस्तो उच्च पहाडी, पहाडी, हिमाली भूभागमा यस्ता प्रकारका दुष्प्रभावहरुको अर्थ र महत्व छैन । त्यहाँ राजनीतिक दलहरु बलिया छन्, त्यहाँका मान्छे भोट हाल्न नगएर के हुन्छ, त्यहाँ रित्तै बाक्सा फर्काएर के हुन्छ? भन्ने उनीहरुलाई लागेको छ । मान्छे नभएका र भोट नखसाउने बेला चुनाव गर्दैछन् ।’ अध्यक्ष ओलीले राजनीतिक दलहरु बलियो भएको ठाउँमा बेवास्ता गरिएको बताउनु भयो ।–न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...
ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत
काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...




