परराष्ट्र मन्त्रीको अध्यक्षतामा एनआरएनए १२औं विश्व सम्मेलन उच्चस्तरीय समिति गठन
काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) को १२औं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन भएको छ।
एनआरएनएको उक्त सम्मेलन फागुन २९ देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै समिति गठन गरिएको उल्लेख छ।
यस्तो छ गठित आयोजक समितिः
अध्यक्ष, परराष्ट्र मन्त्री
सदस्यहरू
सदस्य, राष्ट्रिय योजना आयोग
सचिव, परराष्ट्र मन्त्रालय
सचिव, अर्थ मन्त्रालय
सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड
सह–सचिव, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा
सह–सचिव, आर्थिक कूटनीति महाशाखा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
अध्यक्ष, नेपाल उद्योग परिषद्
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
गैर आवासीय नेपाली संघका अध्यक्षद्वय बद्री केसी र महेशकुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत, गैर आवासीय नेपाली संघ
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
एनआरएनए अध्यक्ष दुईजनाको दाबेदारी : शर्मा र शेरचन आमनेसामने हुने संकेत
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। अध्यक्ष पदको निर्वाचनका...
एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्री शर्माबीच भेट
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरी आगामी २०२६ फेब्रुअरी २३-२५ सम्म काठमाडौँमा आयोजना हुने १२औँ...
एनआरएनए एनसीसी यूएसएले भन्यो : खेलकुद मन्त्री बब्लुलाई कार्यक्रमका लागि बोलाइएको छैन
काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण...
एनआरएनएको १२ औं अन्तरराष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात्...




