नयाँ संसद् बैठक पुतली बगैँचास्थित निर्माणाधीन भवनमा बस्ने
काठमाडौँ। आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवनमै सञ्चालन हुने भएको छ।
निर्वाचनपछिको संसद् सञ्चालन गर्न सरकारले निर्माणाधीन संसद् भवन उपलब्ध गराउने जानकारी गराइसकेको संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिनुभयो। आइतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधीन संसद् भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताउनुभयो।
उहाँका अनुसार प्रतिनिधिसभा गठन भइसकेपछि राष्ट्रियसभाको बैठक समेत सोही निर्माणाधीन संसद् भवनबाटै सञ्चालन हुनेछ। प्रवक्ता गिरीले निर्माणाधीन संसद् भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्ने गरी सरकारसँग निरन्तर छलफल भइरहेको बताउनुभयो। उहाँले अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद् सञ्चालन गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो।
गिरीले भन्नुभयो, `अब गठन हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक निर्माणाधीन संसद् भवनमै बस्ने जानकारी सरकारले गराएको छ। अहिले त्यहाँ ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ। अबको एक महिनामा बाँकी काम सम्पन्न गरेर चैतको पहिलो हप्तासम्म सचिवालयलाई उपलब्ध गराउने भन्ने छलफल भएको छ।’
यसअघि संसद् बैठक बस्दै आएको काठमाडौँको बानेश्वरस्थित अन्ताराष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका थिए। उक्त भवनको पुनर्निर्माण अझै सुरु भएको छैन।
हाल राष्ट्रियसभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...
ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत
काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...




