मुख्य समाचार

नेपाल प्रहरी धुलो टक्टक्याउँदै उठेर नागरिकको सेवामा समर्पित छः प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी धुलो टकटक्याउँदै पुनः नागरिकको सेवामा समर्पित रहेको बताउनुभएको छ । नेपाल प्रहरीले अनेकौ उत्तारचढाव, जलन र दलनका बाबजुत हिम्मतका साथ दह्रो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको उहाँको भनाई थियो ।

सोमवार प्रहरी निरीक्षक निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले जनअपेक्षा र दायित्वको गहि¥याई समेतलाई ध्यानमा राखेर काम गर्न पनि प्रहरीहरुलाई निर्देशन दिनुभयो । उहाँले युवा शक्तिको चाहना र समयको मागअनुसार आफ्नो गतिविधिलाई अघि बढाउन पनि प्रहरीहरुलाई सचेत गरउनु भयो ।

महानिरीक्षक कार्कीले भन्नुभयो,‘नेपाल प्रहरीले अनेकौ उतारचढाव, जलन र दलनका बाबजुत हिम्मतका साथ दह्रो भई नागरिकको सेवामा अनवरत समर्पित छ । धुलो टकटक्याएर उठेको छ । खरानीबाट उठेको छ । र अनि पुन नागरिकको सेवामा समर्पित भएको छ । र आफनो जिम्मेवारी अटल रुपमा निर्वाह गरेको छ । हालको समयमा प्रहरीको जिम्मेवारी, चुनौति, अवसर र दायित्व वृद्धि हुँदै गएको कुरा स्मरण गराउँदै जनअपेक्षा र दायित्वको गहि¥याई, बढेकोतर्फ हृदयंगम गर्दै अझ लगनशील हुन निर्देशन दिन चाहन्छु । अपराधको अन्तर्राष्ट्रियकरण, संगठित अपराध बृद्धि एवम विकास हुँदै गईरहेका बेला सो समस्यालाई चिर्नेगरी अघि बढन पनि नेपाल प्रहरी सचेत हुनुपर्दछ ।’

महानिरीक्षक कार्कीले अपराधको क्षेत्रमा भएको वृद्धि र विस्तारलाई नियन्त्रण हुनेगरी अघि बढ्न पनि नेपाल प्रहरीले चनाखो भएर काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । त्यस अवसरमा उहाँले प्रहरीका लागि आवश्यक सामग्रीहरुको बन्दोबस्तीमा आफू लागिपर्ने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...