सरकार र निर्वाचन आयोगले निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता छः नेपाली काँग्रेस
काठमाडौँ। नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित निर्वाचन सम्बन्धि विज्ञहरुसँगको सम्वाद कार्यक्रममा बोल्दै उहाँले सरकार र निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुनुपर्ने बताउनुभएको हो । उपसभापति भुसालले राजनीतिक दलहरु भने निर्वाचनको मैदानमा गइसकेको पनि स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधनको आवश्यकतामा जोड दिँदै त्यो काम नयाँ बन्ने संसदले गर्ने बताउनु भयो।
उहाँले भन्नुभयो,‘सबै पार्टीहरुले उम्मेदवार तय गरेर निर्वाचनमा होमिईसकेको र निर्वाचनका लागि संरचना बनाईसकेको र त्यही अनुसारको प्रचारप्रसार गरेर दलहरु निर्वाचनमा गइसकेको अवस्थामा छ ।
राजनीतिक दलहरु चुनावी मैदानमा गइसकेकाले त्यसका लागि वातावरण बनाउने काम सरकार र निर्वाचन आयोगको हो । हामी धेरै चोटी निर्वाचन लडिसकेको अवस्थामा उम्मेदवारले त्यसको अपेक्षा सरकारबाट पनि गर्छ, निर्वाचन आयोगबाट पनि गर्छ । औपचारिक ढंगले त्यसको तयारी गर्ने भनेको सरकार र निर्वाचन आयोगले नै गर्ने हो । संविधान संशोधन यो निरन्तर सम्वादमा जाने प्रक्रिया हो । समयको आवश्यकताअनुसार संविधान संशोधन हुन्छ । अव नयाँ बन्ने पार्लियामेन्टले त्यसको जिम्मेवारी लिन्छ ।’
उपसभापति भुसालले काँग्रेसले निर्वाचनको लागि घोषणा पत्र तयारीको कामलाई अन्तिम चरणमा पु¥याएको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...
ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत
काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...




