कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै
काठमाडौं । रामपुरको कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । रामपुर नगरपालिका-६ स्थित उक्त पार्कमा पूर्वाधार विकासका कार्य अगाडि बढाइँदैछ ।
कालीगण्डकी नदीको नजिकै रहेको पार्क परिसरलाई नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने योजना बनाएर पूर्वाधार विकासका काम थालिएको हो । अहिले पार्क परिसरमा गणेश मन्दिर निर्माण र विभिन्न जातका विरुवा रोप्न थालिएकोे छ ।
कालीगण्डकी नदी, तालपोखरा, गौशाला र ज्याग्दी बृह्त पार्कको बीच भागमा पर्ने यस पार्कको पूरा क्षेत्रफललाई सदुपयोग गरी घुम्न र धार्मिक क्रियाकलापका गतिविधि अघि बढाउने उद्देश्यले विकासका काम सुरु गरिएको समितिका अध्यक्ष भगवती खनालले बताए । “प्रयोगमा नआएको सार्वजनिक जग्गालाई सदुपयोग गरी पार्कको अवधारणाअनुरुप स्थानीयवासी र जनप्रतिनिधिको सहयोगमा धार्मिक पार्कको रुपमा रुपान्तरण गर्ने योजना रहेको छ”, उनले भने ।
स्थानीयवासीले ल्याएको विकास निर्माणको अवधारणालाई अनुसरण गर्दै पूर्वाधार निर्माणको क्षेत्रमा वडा तथा नगरपालिकाबाट सक्दो सहयोग गर्ने वडाध्यक्ष दिवाकर देवकोटाले बताए । यो क्षेत्रको विकास हुनु नै रामपुर नगरीको मात्र नभई समग्र कालीगण्डकीवेशीका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
करिब नौ रोपनी जग्गालाई यस क्षेत्रमा विभिन्न पूर्वाधार बनाउने योजना छ । आजभन्दा करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको यस कटहरबारी पार्कमा अझै पनि पुराना आँपका बोटहरु प्रशस्तै छन् । यस पार्कमा गाईबाख्रा चरन र गर्मीयाममा मेलापात गर्दा शितलताका लागि खेताला बस्ने गरेको ८६ वर्षीया विष्णुमाया देवकोटाले बताए । पर्यटकलाई आकर्षण गर्नसक्ने सम्भावना रहेको यस क्षेत्रको विकास समयमा नै नहुँदा सधैँ पछाडि परिरहेको उनको भनाइ थियो ।
कालीगण्डकीमा स्नान गरी यहाँ रहेको गणेस्थान मन्दिरमा पूजाआजा गरेर रमणीय दृश्य अवलोकन गर्दै तालपोखरा, ज्याग्दी पार्क, गौशाला पुग्न मध्यमार्गीका रुपमा यसले जोड्दछ । त्यसकारण पनि यहाँको विकासमा स्थानीयवासीले जोड दिएका हुन् । हाललाई भने पार्कमा रहेका पुराना रुखका हाँगा बिक्री वापत प्राप्त भएको रु ३३ हजार ५०० बाट काम सुरु भएको छ । प्रारम्भिकरुपमा पार्कको विकास गर्न करिब रु१५ लाख देखि रु२० लाख लाग्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




