मुख्य समाचार

स्वास्थ्य बीमाका लागि बजेट आउँछ, समस्या तत्काल समाधान गर्छु : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताउनुभएको छ।

बुधवार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिबद्धता व्यक्त गर्नुुभयो।

प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कैरुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाई नगर्ने बताउनुभयो।

उहाँले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताउनुभयो। गरिब, अपांग, अशक्तलगायत कमजोर मानिसका लागि सो कार्यक्रम भएकाले उनीहरूको हित हुने गरी सो कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने पनि बताउनुभयो।

जनताले प्रिमियर तिर्ने तर सरकारले उहाँहरुका लागि बजेटको व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन नसक्ने पनि प्रधानमन्त्री कार्कीको भनाइ थियो।

सम्बन्धित समाचार

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...