प्रमुख खवर

‘वन नियमावलीका केही प्रावधानहरुका कारण सिमेन्ट उद्योग संकटमा’

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सिमेन्ट उद्योगलाई संरक्षण, प्रोत्साहन र निर्यातमैत्री बनाउन सकारात्मक रहेको बताएका छन् ।

बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक संघका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री यादवले उक्त कुरा बताएका हुन् । साथै नेपालका सिमेन्ट उद्योगहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको पनि मन्त्री यादवले बताएका छन्।

छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुबराज थापाले वन नियमावली २०७९ का केही प्रावधानहरुका कारण सिमेन्ट उद्योग संकटमा परेको बताउँदै समयमै सम्बोधन नगरिए अर्बौ लगानी भएको उद्योगहरू संकटमा पर्ने बताए । यसले सिंगो अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।

त्यस्तै नेपाल सिमेन्ट उत्पादक संघका कार्य समिति सदस्य तथा एडभान्स ग्रुपका उपाध्यक्ष राजन झाले प्रावधानहरु संशोधन नहुँदा नेपाली सिमेन्टको मूल्य बढेर जाने र अन्य मुलुकमा निर्यात गर्न नसकिने बताए ।

नेपालमा हाल ६५ वटा स्थापित सिमेन्ट उद्योगहरु रहेका छन् जसमध्ये क्लिङ्करसहित सिमेन्ट उत्पादन गर्ने उद्योगहरु करिब २१ वटा र ग्राईण्डिङ्ग गरी सिमेन्ट उत्पादन गर्ने उद्योगहरु करिब ४४ वटा रहेका छन् । यि उद्योगहरुमा करिब ३० हजार करोड रुपैयाँ लगानी रहेको छ भने, करिब १५ हजार जनाले प्रत्यक्ष र ५० हजार जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...