प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताएकी छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याएको बताइन् ।
राष्ट्रपति भण्डारीले अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवजाज शिशुसम्बन्धी सरल र कम खर्चिलो, सुविधायुक्त तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको बताइन् । छ दशकअघि ४० शय्याबाट सुरुआत भएको यस अस्पतालले हाल चार सय ७९ शय्याबाट सेवा दिइरहेकोमा उनले खुसी व्यक्त गरिन् ।
उनले अस्पतालको आफ्नो पहलमा ह्युमन मिल्क बैंक ‘अमृत कोष’को स्थापना गरिनुलाई मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रका एक ऐतिहासिक थालिनेका रुपमा पाएको बताइन् । “दूध दान गर्नु पुरानो अभ्यासको रुपमा रहेको छ”, उनले भनिन्, “अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दूधको संकलन, प्रशोधन र भण्डारणले गरी आवश्यक पर्ने शिशुलाई वितरण गर्ने छ ।”
अमृत कोषको स्थापनाबाट नेपालका मातृ तथा शिशुमृत्यु दर घटाउन महत्वपूर्ण योगदान पु¥याउनुका साथै स्तनपान महत्वबारे जनचेतना जगाउने विश्वास व्यक्त गरिन् । यस अस्पतालले प्रदान गर्दै आएको विशिष्टीकृत स्वास्थ्य सेवा विशेष गरी प्रसूतिसम्बन्धी सेवालाई मुलुकका विभिन्न ठाउँमा पु¥याउन पहल गर्नु पनि प्रशंसनीय रहेको उनको भनाइ रहेको छ । अस्पताललाई प्रविधिमैत्री बनाउन उपलब्ध गराएको अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल व्यवस्थापन सक्रिय रहेको महसुस गरेको उनले बताइन् ।
स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोहीअनुरुपको जनशक्तिको तयार गर्न मुलुकको सामु विद्यमान चुनौती रहेको उनको भनाइ रहेको छ । “स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजना निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट सहयोग प्राप्त हुनेछ”, उनले भनिन्, “नेपाल सरकारका सम्बन्ध संस्थाले यसतर्फ आवश्यक पहल र समन्यव गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु ।”
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले सातवटै प्रदेश र ७७ जिल्लामा प्रसूति सेवा विस्तार गर्न थालिएको जानकारी दिए । उनले नेपालमा पनि निकट भविष्यमा स्वास्थ्यका अत्याधुनिक उपकरण ल्याएर उपचार गर्ने जानकारी दिए ।
अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले उच्च मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि अस्पतालले महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा कूल ३३ हजार आठ सय ५५ महिला भर्ना भएकोमा प्रसूतितर्फ २६ हजार छ सय पाँच र स्त्रीरोगतर्फ चार हजार नौ सय ३० को उपचार तथा २४ हजार तीन सय ६९ गर्भवती महिलाको प्रसूतिबाट २४ हजार पाँच सय ९३ शिशुको जन्म भएको छ ।
उनले नवजात शिशुको स्वास्थ्यलाई ख्याल गर्दै अस्पतालमा पूर्ण स्तनपान नीति लागू गरिएको र यस वर्ष अस्पतालले सरकारबाट तोकिएको विभिन्न २० सूचाङ्क पूर्ण हासिल गरी मातृशिशुमैत्री अस्पतालको रुपमा मान्यता पाएको बताए ।
सोही अवसरमा राष्ट्रपति भण्डारीले बृहत् स्तनपान व्यवस्थापन केन्द्र ह्युमन मिल्क बैंक ‘अमृत कोष’को पनि उद्घाटन गरे । निर्देशक श्रेष्ठले अमृत कोषबाट सुत्केरी आमाबाट सुरक्षितरुपमा दान गरी दूध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक शिशुलाई दूध उपलब्ध गराइने बताए । ह्युमन मिल्क बैंकबाट आमाको दूधबाट वञ्चित शिशु प्रत्यक्ष लाभान्भित हुने अस्पतालका डा कल्पना उपाध्याय सुवेदीले जानकारी दिए ।
विसं २०१६ श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट स्थापना भएको अस्पतालमा अहिले चार सय ७९ शय्या रहेको छ । नेपाल सरकार र जर्मनी सरकारको सहयोगमा अस्पतालले तारकेश्वर र चन्द्रागिरी नगरपालिकामा ५०र५० शय्याको प्रसूति तथा नवजात शिशु अस्पतालको निर्माणको सम्झौता सम्पन्न भई निर्माणको प्रक्रिया अगाडि बढेको अस्पतालका निर्देशक डा श्रेष्ठले जानकारी दिए ।
ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




