मुख्य समाचार

चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले चुनावी प्रचारका क्रममा एक-अर्काप्रति घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन आग्रह गरेको छ।

बिहीबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल र उम्मेदवारलाई सचेत गराउनुभएको छ।

चुनावी प्रचारका क्रममा राजनीतिक दलका केही नेता र उम्मेदवारले एक-अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको पाइएको आयोगले जनाएको छ।

त्यस्तै, सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आयोगले आग्रह गरेको छ। अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको पाइएको आयोगले जनाएको छ।

आयोगले भनेको छ, ‘निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन प्रसारण नगर्न, हिंसात्मक क्रियाकलाप बन्द गर्न, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।’

 

सम्बन्धित समाचार

बढ्यो काठमाडौँको तापक्रम

बढ्यो काठमाडौँको तापक्रम

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ७.४ डिग्री...

पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’

पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ शुक्रबारदेखि...

टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै

टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै

काठमाडौँ। विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा शनिबार सुरु हुँदैछ। भारतका पाँच शहरका पाँच...

धनुषामा युवती मृत फेला, हत्या आशंका

धनुषामा युवती मृत फेला, हत्या आशंका

काठमाडौं। धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक युवती मृत फेला परेकी छन्। शुक्रबार सडकछेउमा युवतीको शव...