मुख्य समाचार

नदी किनारमा फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौँ।  काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिवारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी कारबाही गर्ने भएको छ।

थापाथलीस्थित काठमाडौँ महानगरपालिका–११ मा भएको बागमती सफाइ अभियानकर्मीहरुको बैठकमा वडाध्यक्ष हीरालाल तण्डुकारले सो जानकारी दिनुभयो।

विगत १३ वर्षदेखि बागमती तथा उपत्यकाका अन्य नदी एवं खोला तथा सार्वजनिक स्थान, चक्रपथ, नेपालका पूर्वदेखि पश्चिम, हिमाल, पहाड, तराईका स्थानमा सरसफाइ अभियान चलिरहेको छ।

उक्त अभियानबाट आमनागरिकको सोचाइमा परिवर्तन भएको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले बताउनुभयो।

फोहर वर्गीकरण गरी मोहरका रूपमा वैज्ञानिक रुपले व्यवस्थापन गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ।

फोहर व्यवस्थापनसम्बन्धी नियम कानुन बने पनि त्यसको कार्यान्वयन गर्ने निकायले बेवास्ता गरेकाले यसतर्फ ध्यान दिनुपर्ने सफाइ महाअभियान एवं उपत्यकाका सरसफाइ अभियानकर्मीको भनाइ छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यसतर्फ आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...