प्रमुख खवर

राष्ट्रपति भण्डारीद्वारा पाँडेप्रति श्रद्धाञ्जलि

काठमाडौं । राष्ट्रपति विद्यादेवीले काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित स्मृतिसभामा उपस्थित भई श्रद्धाञ्जलि अर्पण गरेकी हुन् ।

काठमाडौंको वसन्तपुरमा आयोजना गरिएको काजी तुलाराम पाँडेको २५४औँ स्मृतिसभामा राष्ट्रपति भण्डारीले पाँडेको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेकी हुन् । काजी तुलाराम पाँडे नेपाल एकीकरणको अभियान सुरु गरेका शाहवंशीय राजा पृथ्वीनारायण शाहका सैन्य सारथि थिए। तुलाराम पाँडे पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेका भाइ हुन् ।

नेपाल एकीकरणको अभियानअन्तर्गत वि.सं १८२५ असोज १४ गते (भाद्र चतुर्दशी इन्द्रजात्राका दिन) कान्तिपुर हमलाका क्रममा तुलाराम पाँडेको काठमाडौंको वसन्तपुरस्थित तुलजा भवानी मन्दिर परिसरमा निधन भएको हो ।

सो समारोहमा इतिहासकार प्राध्यापक दिनेशराज पन्तले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको सैनिक सारथिका रुपमा रहेर काजी तुलाराम पाँडेले नेपालको एकीकरणमा ठूलो योगदान पुर्‍याएको स्मरण गरे ।

पाँडेको बारेमा अनुसन्धान गरेका डा कृष्णकुमार पाँडेले पृथ्वीनारायण शाहले एकीकरणका क्रममा आक्रमणको योजना बनाएका रणनीतिकरुपले महत्वपूर्ण विभिन्न स्थानमा साथ दिएर काजी तुलाराम पाँडेले नेपाललाई एक ढिक्का बनाउने काममा ठूलो सहयोग पुर्‍याएको बताए।

सो प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले देशका लागि युद्ध गर्दागर्दै वीरगति प्राप्त गर्ने काजी कालु पाँडे र काजी तुलाराम पाँडे नेपालका वीर योद्धा रहेको बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...