प्रमुख खवर

राजनीतिक विकृति र विसंगतिविरुद्ध मेरो उम्मेदवारी : ढकाल

तनहुँ । नेकपा एकीकृत समाजवादीका नेता विद्यानाथ ढकालले राजनीतिक विकृति र विसंगतिविरुद्ध आफूले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि ढकालले तनहुँ क्षेत्र नं. १ ‘क’बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका हुन् । मंगलबार भानु १ भन्सारमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले नेपालको राजनीति गलत बाटोबाट अगाडि बढिरहेकोप्रति चिन्ता व्यक्त गरे ।

‘राजनीतिलाई सही बाटोमा अगाडि बढाउन मैले उम्मेदवारी दिएको हुँ ।’ कलम चिह्नमा मतदान गरी तनहुँ क्षेत्र नं. १ ‘क’का जनताले आफूलाई विजयी गराउनेमा विश्वस्त रहेको ढकालले बताए ।

राष्ट्रियता र जनताका पक्षमा काम गर्ने र भ्रष्टाचारविरुद्ध खबरदारी गर्न आफू विजयी हुनुपर्ने ढकालले बताए ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...