निर्वाचनपछि तीन तहमा गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाँण
काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि संघीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ती बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको बताए ।
पाँच दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारसमेत रहेको खाँणले सिद्धार्थनगर नगरपालिका–६ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा भने, “देशको शान्ती, स्थायित्व, स्थिरता र विकास नै अहिले देशको मूल मुद्दा हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गणतन्त्रको प्रतिफल नेपाली जनताले प्राप्त गर्नुपर्यो, यी सबैको प्राप्ती नै पाँच दलीय गठबन्धनको मूल योजना हो ।”
नेपालमा शान्ती, राजनैतिक स्थायित्वको लागि विभिन्न राजनैतिक विचारधारा बोकेका दलको बिचमा सहमति र सहकार्य भएर नै गठबन्धन बनाइएको उनले बताए । “जुन पार्टीले सरकार बनाउँछ, उसैले नै विकासको निति निर्माण गर्दछ ।” उनले भने, “यस क्षेत्रको विकासको लागि जिल्लाको विकासको लागि पाँच दलीय गठबन्धनलाई सहयोग पु¥याउन अपिल गर्दछु ।” सीमामा बसेर देशको रक्षा गर्ने नै असली राष्ट्रवादी भएको बताउँदै खाँणले यस्ता राष्ट्रवादीको सम्मान गर्न गठबन्धनले कुनै प्रकारको कमिकमजोरी नगर्ने बताए ।
यस्तै पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष पाण्डेले पाँच दलीय गठबन्धन पवित्र रहेको बताए । उनले भने, “पाँच भनेकै पवित्र शब्द हो, हाम्रो पाँच दलीय गठबन्धन पवित्र गठबन्धन हो ।” उनले आउँदो सन्ततीको भविष्य निर्माणको लागि गठबन्धनको पक्षमा सहयोग गर्न अपिल गर्दै भने, “विभिन्न विचारधारा बोकेका व्यक्ति राष्ट्रको हितको लागि पाँच दलीय गठबन्धनका आवद्ध भएका छौँ ।”
ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




