हलोले नै देश जोगाउँछः कुन्ती पोखरेल
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ती पोखरेलले अवरुद्ध विकास निर्माणका कामहरु पूरा गरेरै छोड्ने दृढ प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
चुनावी घरदैलोका क्रममा स्थानीयको समर्थन पाएपछि उम्मेदवार पोखरेलले यसपटकको जित देशकै जित हुने बताउँदै ‘हलो’ चिन्हमा मतदान गर्न अपिल गर्नुभएको हो। उहाँले स्थानीय युवा क्लव र विकास निर्माणका कामहरु अघि बढाउने बताउनुभयो। घरदैलो कार्यक्रमका क्रममा स्थानीय युवा क्लवका सदस्यहरूसँगको भेटमा पोखरेलले विगतमा आफूलाई अदृश्य रूपमा सहयोग गरिरहेका युवाहरू अहिले प्रत्यक्ष रूपमा साथ दिन सडकमा आएको देख्दा खुशीले आँसु झरेको बताउनु भयो।
पोखरेलले आफ्नो क्षेत्रमा विकास निर्माणका काममा भएको अवरोधप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले क्लव बनाउनका लागि निर्माण सामग्री झारिसकेको अवस्थामा पनि ‘अत्याचारपूर्वक’ काम रोकिएको बताउनु भयो।
उहाँले जित वा हारभन्दा माथि उठेर जनताको सेवामा लागिरहने प्रतिवद्धता जनाउनुभयो। राप्रपाको चुनाव चिन्ह ‘हलो’ को धार्मिक र सांस्कृतिक महत्वलाई जोड्दै पोखरेलले माता सीताको उदाहरण दिनुभयो।
जसरी हलो जोत्दा सीता माताको उत्पत्ति भएको थियो, त्यसरी नै काठमाडौं क्षेत्र नम्बर २ बाट हलोले जित हासिल गर्ने उहाँको दाबी छ। उहाँले यसपटकको जितलाई व्यक्तिगत नभई समग्र देश र व्यवस्था परिवर्तनको जितको रूपमा उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘यहाँ मन्दिर छिर्दै गर्दा मलाई जुन क्लवहरु यहाँ साथीहरु भेट भयो त्यो शब्दमा बयान गर्दिन। मेरो आँसु नै झ¥यो के। ती साथीहरु मैले भेट्न खोजिरहेको साथी हो । सँगै हिँडिरहेको छु तर क्लवको साथी दाइ भन्ने मलाई थाहा थिएन । दाइ मेरो आँसु नै झ¥यो। यति पहिला पनि भेट नहुँदा खेरि उहाँहरुले सहयोग गरिराख्नुभएको थियो र अहिले पनि प्रत्यक्ष रुपमा हिँडेरै साथ दिन्छु भनेर आउनुभएको छ । यो बहिनीको तर्फबाट हृदयदेखि नै हार्दिक हार्दिक धन्यवाद । मैले हजुरहरुलाई वचन दिन्छु पहिला पनि चुनाव हारे नि जिते नि म गर्छु भनेको छु । सबै ठाउँमा गरेको छु र यहाँ पनि गर्छु भनेको कुरा मैले यहाँ क्लव बनाउन नि सामानहरु नि झारिसके तर केही कारणवश अत्याचारपूर्वक त्यो रोकिएको थियो त्यहाँ बनाउन क्लवहरु । त्यो मैले वाचा हजुरहरुलाई दिन्छु त्यो बनेरै छाड्छ बन्छ यो अधिकारको विषय हो हाम्रो । यसपालि मेरो जित होइन यो देशको जित हो । यहाँ मात्रै हामीले जितेर होइन अधिराज्यभर जित्नुपर्ने अवस्था छ । अहिले म धेरै कुरा नबोलिकन यसपालि दुई नम्बर क्षेत्रमा हलो गर्छ गर्छ। सीता मातालाई जसरी हलोले निकालेको थियो नि यो क्षेत्रबाट जित हासिल जसरी नि गरिन्छ र अहिले यहाँबाट नि म हाम्रा आदरणीय अहिले नै हुनेवाला प्रधानमन्त्री राजेन्द्रप्रसादज्यु हुनुहुन्छ र हजुरहरुलाई फेरि पनि हार्दिक हार्दिक अनुरोध गर्दछु यसपालि सहयोग गर्दिनुस् । के गर्नुपर्छ तपाईहरुले बुझिराख्नु भएको छ म जिते नि हारे नि यही सडकमा छु । हारेको यो तीन वर्ष मैले जति पनि चुनावमा गरेका वाचाहरु सबै पूरा गरेकी छु । त्यही भएर शिर ठाडो गरेर म हजुरहरुको सामुन्ने बोल्न नि सकेको छु नि।’
नेतृ पोखरेलले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई ‘भावी प्रधानमन्त्री’ को रूपमा चित्रण गर्दै देश बनाउन राप्रपालाई जिताउनुपर्नेमा जोड दिनुभयो। उहाँले विगत तीन वर्षमा चुनाव हारेर पनि जनताका माझ गरेका वाचाहरू पूरा गरेको स्मरण गर्नुभयो। –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते
काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...




