एनआरएनए अध्यक्ष दुईजनाको दाबेदारी : शर्मा र शेरचन आमनेसामने हुने संकेत
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। अध्यक्ष पदको निर्वाचनका लागि डा। हेमराज शर्मा र रोविन शेरचनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्नुभएको हो।
डा। शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो।
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औं महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ ।
सोही क्रममा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक डा। शर्माले विगतमाभन्दा फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौं भन्दै आसन्न १२औं महाधिवेशनमार्फत अध्यक्ष पदमा निर्वाचित भई फरक र नवीन दृष्टिकोणसहित एनआरएनएको रिब्रान्डिङ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि संस्थामा सक्रिय डा। शर्माले संघको अभियानकै परिणामस्वरूप नेपाल सरकारले गैरआवासीय नेपाली सम्बन्धी ऐन, नागरिकता, लगानी, आप्रवासी श्रमिकसँग सम्बन्धित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गरेको बताउनुभयो।
साथै, रोविन शेरचनले विगत ३८ वर्षदेखि जापानलाई आफ्नो कर्मथलो बनाएर व्यवसाय र समाजसेवामा विशिष्ट पहिचान बनाउनुभएको छ । पृष्ठभूमि व्यापारिक भए पनि बुवा स्वर्गीय राजेन्द्र शेरचनको भैरहवा र काठमाडौँमा होटल तथा कपडा व्यवसाय थियो तर उनले पैतृक सम्पत्तिमा रम्नुभन्दा आफ्नै बलबुतामा केही गर्ने अठोट लिएर हिड्नुभएको थियो।
ताजा अपडेट
-
१.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
२.
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
-
३.
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
-
४.
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
-
५.
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
परराष्ट्र मन्त्रीको अध्यक्षतामा एनआरएनए १२औं विश्व सम्मेलन उच्चस्तरीय समिति गठन
काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) को १२औं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन भएको छ। एनआरएनएको उक्त सम्मेलन फागुन...
एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्री शर्माबीच भेट
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरी आगामी २०२६ फेब्रुअरी २३-२५ सम्म काठमाडौँमा आयोजना हुने १२औँ...
एनआरएनए एनसीसी यूएसएले भन्यो : खेलकुद मन्त्री बब्लुलाई कार्यक्रमका लागि बोलाइएको छैन
काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण...
एनआरएनएको १२ औं अन्तरराष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात्...




