मुख्य समाचार

विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पाँच पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ठगी अभियोगमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई तथा काभ्रेको चौंरीदेउरीली नगरपालिका–९ की ४८ वर्षीया कुमारी तामाङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो।

पक्राउ परेकामध्ये विना र विन्दाले अमेरिका पठाइदिने भन्दै दश लाख, कोपिलाले बेलायत पठाइदिने भन्दै १३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।

यस्तै, सन्तोषले कम्बोडिया पठाइदिने भन्दै तीन लाख ७० हजार तथा कुमारीले पोर्चुगल पठाइदिने भन्दै १३ लाख ६० हजार लिई फरार भएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो।

पक्राउ परेमा पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो।

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...