स्वास्थ्य बीमा बन्द गर्न दिनु हुँदैन : प्रदीप पौडेल
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौंँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भएपनि अहिले अवरोध आएकोमा दुःख प्रकट गर्नुभएको छ ।
‘बीमा हामी हुँदा कहीँ बन्द भएको थिएन,’ उहाँलेले भन्नुभयो,‘यो सरकारले पनि बन्द हुन दिनु हुँदैन ।’ काठमाडौँ ५ मा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा रहँदा स्वास्थ्य बीमाको सुधार गर्दै नीतिगत तथा व्यवहारिक सुधार अघि बढाएर कानूनी संसोधन गर्ने चरणमा पुगेका बेला सरकारबाट बाहिरिएपछि त्यो प्रक्रिया रोकिएको गुनासो गर्नुभयो ।
‘स्वास्थ्य बीमा बन्द भयो भने नागरिकले उपचार गर्नै नसक्ने भयावह स्थिती आउँछ,’ उहाँले भन्नुभयो । स्वास्थ्य बीमा सुधारको स्पष्ट दृष्टिकोणसहित प्रतिवेदन बनाएर राष्ट्रिय सभामार्फत कानून संसोधन हुने कार्यसूचीमा रहेको उहाँलेले बताउनुभयो ।
उहाँले आफू नेतृत्वमा रहँदा सुधार गरेकै आधारमा विपन्न सुविधासहित तीन लाखदेखि साढे सात लाख रुपियाँसम्म प्राप्त गर्ने अवस्था सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई सुधार मात्रै विकल्प भएको बताए ।
‘हामीले तयार गरेको प्रतिवेदनको आधारमा प्रक्रिया लागु गर्ने हो भने एक वर्षमा एक खर्ब रुपियाँ सम्म बीमाले आम्दानी गर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसो भए चाहिनेलाई पाँच लाख दिन कुनै गाह्रो हुने छैन । हामीले कसरी गर्ने, कसलाई दिने सबै तय गरेर छाडेका छौँ ।’
क्षेत्रको विकासमा प्रशस्त काम गरेको दाबी
विगतमा काठमाडौँ ५ को सांसद रहँदा क्षेत्रमा विकासका धेरै काम गरेको दाबी गरेका महामन्त्री पौडेलले रिङ रोडको विस्तारको काममा दबाब दिन संसदमा प्रस्ताव लानेदेखि दबाब यात्रा सम्म गरेको र अहिले नतिजा देखिएको बताउनुभयो ।
‘अब बसुन्धरासम्म दोस्रो काम चीनले गर्ने गरी अगाडि बढेको छ । महाराजगञ्जदेखि मण्डिखाटारसम्म अघिल्लो बजेटले काम भैरहेको छ । यो वर्ष बजेट परे पनि सरकारले निर्वाचनका लागि पैसा जोहो गर्न रद्द गरेको छ, तर बन्ने सुनिश्चित छ ।’
उहाँले मेलम्चीको खानेपानी रिंगरोड बाहिर पनि जाने संयन्त्र बनाउनेदेखि चुहावट नियन्त्रणसम्मका काम भएको पनि बताउनुभयो । सार्वजनिक जग्गा संरक्षणमा क्याबिनेटबाट निर्णय गराउनेदेखि निजी जग्गासम्म किन्ने निर्णय गराएर जोगाएको उहाँको भनाई छ ।
महामन्त्री पौडेलले संसदमा निजी विधेयक लैजाने आफू मात्र भएको भन्दै सांसदका रुपमा रहँदा पाँच सार्वज्निक महत्वको प्रस्ताव सँगै कुनै पनि ऐनमा जनचासो हेरेर संसोधन प्रस्ताव राखिएको पनि बताउनुभयो ।
सबैको आर्शीवादले मन्त्री भएको भन्दै उनले त्यस अवधिमा किशोरीहरुको ज्यान रक्षा गर्न पहिलो पटक पाठेघरको मुखको क्यान्सरविरुद्ध १५ लाखलाई खोप दिएर राष्ट्रिय कार्यक्रम थालिएको स्मरण गर्दै नसक्नेका लागि जलनको उपचार नि:शुल्क भएको समेत बताउनुभयो ।
ताजा अपडेट
-
१.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
२.
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
-
३.
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
-
४.
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
-
५.
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ...
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
दार्चुला। दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन्। प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको...
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका कमल कोइरालाको चुनाव चिन्ह हो...
आईसीसी टी–२० विश्वकप : नामिबियामाथि नेदरल्यान्डसको जित
काठमाडौँ । नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकपमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत दिल्लीस्थित अरुण जेटली रङ्गशालामा मङ्गलबार भएको खेलमा...




