उम्मेदवार ढकालको निर्वाचन परिचालन कार्यालय शुभारम्भ
तनहुँ । तनहुँ क्षेत्र नं १ प्रदेश ‘क’ का लागि नेकपा एकीकृत समाजवादीका कलम चिन्हका उम्मेदवार विद्यानाथ ढकालको निर्वाचन परिचालन कार्यालय शुभारम्भ गरिएको छ ।
भानु नगरपालिका वडा नं १ भन्सारमा र व्यास नगरपालिका वडा नं. २ मा निर्वाचन परिचालन कार्यालय उद्घाटन गरिएको हो।
परिचालन कार्यालय शुभारम्भ कार्यक्रममा बोल्दै पार्टीका नेताहरु कलिला खान, शंकर नारायण श्रेष्ठ, श्रीराम कार्की, मंगल श्रेष्ठलगायतले पार्टीलाई विजयी गराउन कार्यकर्तालाई एक ढिक्का भएर लाग्न आग्रह गरेका छन् ।
तनहुँ जिल्लामा नेकपा एकीकृत समाजवादीको एक स्थानमा मात्र उम्मेदवारी रहेकाले पार्टीको शक्ति सोही निर्वाचन क्षेत्रमा केन्द्रित गराएर अगाडि बढ्ने निर्णय समेत गरिएको बताइएको छ।
राजनीतिमा देखिएको विकृति विरूद्ध आफ्नो उम्मेदवारी रहेको बताउँदै ढकालले सबैको साथ प्राप्त हुने विश्वास व्यक्त गरे ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




