प्रमुख खवर

मतदाताको विश्वास जित्दै उम्मेदवार ढकाल

तनहुँ । मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यका लागि तनहुँ क्षेत्र नं १ क बाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विद्या ढकाल मतदातासंगको भेटघाटमा व्यस्त छन् ।

बिहीबार व्यास नगरपालिका वडा नं ७ र ८ का मतदातासँग ढकालले भेट गरेका छन् । भेटघाटका क्रममा मतदाताको विश्वास जित्न सफल भएको उनले बताएका छन् । जनताबाट प्राप्त सद्भावले ऊर्जा मिलेको छ  र म उत्साही छु, ढकालले भने ।

भेटघाटका क्रममा आफ्नो क्षेत्रका मतदाता बीच पुगेका ढकालले आफू हिजो पनि यही क्षेत्रका जनताका बीचमा रहेको र आगामी दिनमा पनि सँगै रहने अठोट व्यक्त गरे । मतदाताहरुको जिज्ञासाको जवाफ दिने क्रममा ढकालले आफ्नो सम्पूर्ण जीवन भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध आवाज वुलन्द गर्ने बताए ।

विगतका परम्परालाई तोड्दै निर्वाचन पछि पनि धन्यवाद ज्ञापन गर्न घरदैलोमा नै आउने विश्वास दिलाए ।

आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला नेतृत्व नै लागेको र निर्वाचन प्रचारको सिलसिलामा गाउँ गाउँ पुग्दा ठुलो संख्यामा मतदाताको उपस्थिति हुने गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...