पुरुष टी२० विश्वकपमा ३ खेल हुँदै
काठमाडौँ। भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बुधबार पनि तीन समूहका तीन खेल हुँदै छन्। ग्रुप डीमा रहेका अफगानिस्तान र दक्षिण अफ्रिकाले बिहान ११ः१५ मा प्रतिस्पर्धा गर्दा अपराह्न ३ः१५ मा ग्रुप बीमा रहेको आयरल्यान्डले अस्ट्रेलियाको सामना गर्नेछ।
त्यसैगरी साँझ ७ः१५ मा नेपाल रहेको ग्रुप सीका इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन्। आज भिड्नलागेका टोलीमध्ये दक्षिण अफ्रिकाले पहिलो खेल जितेको थियो। उसको २ अंक छ। त्यस्तै अफगानिस्तानले पहिलो खेल गुमाएको थियो। यो समूहमा न्यु जिल्यान्ड ४ अंकसहित पहिलो स्थानमा छ। यो समूहमा अफगानिस्तान, अमेरिका र क्यानडा शून्य जितपछि शून्य अंकमा छन्।
त्यसैगरी आयरल्यान्डले पहिलो खेल गुमाएकाले अंकविहीन छ भने अस्ट्रेलियाले विश्वकपकै पहिलो खेल खेल्दै छ। ग्रुप बीमा जिम्बाब्वे र श्रीलंका समान २ अंकसहित पहिलो र दोस्रो स्थानमा हुँदा आयरल्यान्ड र ओमान शून्य अंकमा छन्।
यता इंग्ल्यान्डले पहिलो खेलमा नेपालविरुद्ध ४ रनको जित हात पार्दै २ अंक जोडेको थियो। त्यसैगरी वेस्ट इन्डिजले पनि पहिलो खेलमा जित हात पार्दै २ अंक नै जोडेको छ। यी दुई टोली समूह सीमा क्रमशः पहिलो र तेस्रो स्थानमा छन्। दुई खेल खेलेको स्कटल्यान्डले १ खेलमा हार र १ खेलमा जितपछि २ अंक जोड्दै दोस्रो स्थानमा छ। नेपाल र इटली भने अंकविहीन छन्।
ताजा अपडेट
-
१.
नेपाली स्वादलाई मुख्य आधार बनाएर खोलिएको ‘तुफानी पिज्जा’ औपचारिकरूपमा सञ्चालनमा
-
२.
अख्तियार प्रमुख धम्क्याउने प्रकाशलाई नेपाल ल्याइयो
-
३.
भारतीय क्रिकेटर अभिषेक शर्मा पेटको संक्रमण, टी २० विश्वकप खेल्ने सम्भावना कम
-
४.
भ्रष्टाचार नियन्त्रण नभई लोकतन्त्रको प्रतिफल नागरिकको घरदैलोमा पुग्दैनः राष्ट्रपति पौडेल
-
५.
भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
अख्तियार प्रमुख धम्क्याउने प्रकाशलाई नेपाल ल्याइयो
काठमाडौँ। उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट नेपालमा फिर्ता ल्याएको छ। पाठकलाई बुधबार फिलिपिन्सबाट...
भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता...
भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको...
पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु
पूर्वी प्रशान्त महासागरमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको एक डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको...




