मुख्य समाचार

अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारु हुनेमा विश्वस्त छुः भारतीय अधिकारी

काठमाडौँ। भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले भारतीय सेनामा रोकिएको गोरखा भर्ती प्रक्रिया अस्थायी भएको भएको भन्दै नेपालले निर्णय लिनेबित्तिकै यो पुनः सुचारु हुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बतानउनुभएको हो । उहाँले नेपाल–भारत सम्बन्धलाई शताब्दीऔंको निरन्तरताका रूपमा व्याख्या गर्दै गोरखा सैनिकबारे हाल देखिएका असमझदारीहरु छिट्टै हल हुने समेत बताउनु भयो ।

उहाँले दुई देशबीचको सम्बन्धलाई दशक वा वर्षमा नभई शताब्दीयौंको साझा इतिहास र सभ्यताका आधारमा मूल्याङ्कन गर्दै आपसि सहयोग र समन्वयका साथ अघि बढ्नुपर्ने धारणा समेत राख्नुभयो । उहाँले अग्निवीर योजनाका कारण सिर्जित अन्योलताबारे प्रस्ट पार्दै यसलाई ऐतिहासिक परिप्रेक्ष्यमा बुझ्न आग्रह गर्नुभयो । उहाँले अग्निवीर योजनालाई ‘सेटब्याक’ नभई युवाहरूका लागि अवसरका रूपमा व्याख्या गर्दै नेपालको चासो सम्बोधन भएपछि भर्ती प्रक्रिया सुचारु हुने र गोरखाहरू भारतीय सेनाको अभिन्न अंग बनिरहने दाबी पनि गर्नुभयो।

नेपाल भूपरिवेष्टित राष्ट्र भएपनि भारतसँगको कनेक्टिभिटीका कारण व्यावहारिक रूपमा एक ‘सामुन्द्रिक राष्ट्र’ नै भएको उहाँको भनाइ छ । उहाँले भारतको ९६ प्रतिशत तेल समुन्द्रबाट आउने र नेपालमा आउने इन्धन पनि त्यहीँबाटै आपूर्ति हुने हुँदा समुन्द्री सुरक्षाले नेपाललाई प्रत्यक्ष असर गर्ने उल्लेख पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एक गोर्खाहरू दुई शताब्दीदेखि भारतीय सशस्त्र बलको अभिन्न अंग रहँदै आएका छन् । स्वतन्त्रता पछि उनीहरूका लागि आउन र भर्ती हुन सधैं खुला प्रवाह रहँदै आएको छ । अग्निवीरको पक्षलाई फेरि पछाडि फर्केर हेर्नुपर्छ । छोटो अवधिको सैन्य सेवा सधैं भारत र अन्य धेरै देशहरूमा पेन्सन नपाउने अवस्थामा थियो । आज पनि त्यस्तै छ । यो सधैं छोटो कार्यकाल, उच्च तिब्रताको तालिम, युवा र उनीहरूको ऊर्जाको उपयोग, उनीहरूको चरित्र र अनुशासन निर्माण, उनीहरूलाई फराकिलो दृष्टिकोण दिने कुरामा आधारित हो । भारतमा सन् १९७५ पछि यसमा परिवर्तन आयो । र भारतमा आएको परिवर्तनको विस्तार स्वरूप, हामीबीच सधैं रहेको र सम्मान गरिएको सम्झौताका कारण, यो स्वतः गोरखाहरूमा पनि लागू भयो । तर १९७५ सम्म भारतीय सशस्त्र बलमा कलर सर्भिस सात वर्षको थियो । यो पेन्सनयोग्य थिएन। यसलाई युवाहरूलाई कलिलो उमेरमा ल्याउने, प्रयोग गर्ने, तालिम दिने, शिक्षा दिने, सक्षम बनाउने र त्यसपछि उनीहरूलाई नागरिक समाजमा बलियो सदस्यको रूपमा फिर्ता पठाउने रूपमा हेरिन्थ्यो। यो सधैं यसरी नै चलिआएको थियो । पछिल्लो समय नेपाली युवाहरू किन भर्ती भइरहेका छैनन् भन्ने चिन्ता र बहसहरूसँग म परिचित छैन, तर म पक्का छु कि जब ती सम्बोधन हुनेछन्, हामी शताब्दीयौंदेखि चलिआएको पुरानै तरिकामा फर्कनेछौं र यो निरन्तर रहनेछ ।’

‘सागरमाला’ परियोजनामार्फत बन्दरगाह कनेक्टिभिटीमा सुधार भएको र यसले नेपालको सामान ढुवानीको समय घटाएर व्यापारमा सहजीकरण गरेको उहाँको दाबी छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रण नभई लोकतन्त्रको प्रतिफल नागरिकको घरदैलोमा पुग्दैनः राष्ट्रपति पौडेल

भ्रष्टाचार नियन्त्रण नभई लोकतन्त्रको प्रतिफल नागरिकको घरदैलोमा पुग्दैनः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताउनुभएको छ । भ्रष्टाचार नियन्त्रणलाई...

भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की

भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण पहिलो शर्त भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग...

नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्रः सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता

नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्रः सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता

काठमाडौँ। नेपाल–भारतका सुरक्षा विज्ञहरुले निर्वाचनले मात्रै स्थिरता नदिने बताएका छन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेण्टको दशौं...

बजेटको आकार घटेको छैनः अर्थमन्त्री

बजेटको आकार घटेको छैनः अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले बजेटको आकार नघटेको स्पष्ट पार्नुभएको छ । चालु आर्थिक वर्ष २०८२./८३ को बजेटको अर्धवार्षिक समीक्षा...