अन्तर्राष्ट्रिय

अफगान गलैंचा उद्योगले १२ लाख मानिसलाई रोजगारी प्रदान गर्दै

अफगानिस्तानमा गलैंचा उद्योग कृषि पछिको दोस्रो ठूलो क्षेत्र हो, जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख मानिसहरूलाई रोजगारीको अवसर प्रदान गरी जीविकोपार्जन गर्न सक्षम बनाएको छ । अफगानिस्तानका गलैंचा उत्पादकहरूको प्रतिनिधित्व गर्ने युनियनका एक सदस्यले बताए ।

विगतमा गलैंचा उद्योग करिव पाँच देखि ६ वटा प्रान्तमा मात्र लोकप्रिय थियो । तर हाल अफगानिस्तानका लगभग सबै भागका मानिसहरू यस व्यवसायमा संलग्न छन् र परम्परागत उद्योगलाई जीवित र फस्टाउनका लागि गलैंचा बुनिरहेका छन् । मोहिबुल्लाह कोहीले सोमबार अफगानिस्तानको आधिकारिक रेडियो र टेलिभिजनलाई बताए ।

अफगानिस्तानका हातले बुनिएका गलैंचाहरू विश्वभर लोकप्रिय छन् । यद्यपि चार दशकभन्दा बढीको युद्ध र नागरिक अशान्तिले यस उद्योगलाई क्षति पु¥याएको छ । तथापि यो परम्परागत उद्योग हालका वर्षहरूमा फस्टाउँदै गएको छ र चीन, युरोप, संयुक्त राज्य अमेरिका र अरब राष्ट्रहरू सहित विदेशमा बजारहरू खोजिरहेको छ ।

सम्बन्धित समाचार

भारतीय क्रिकेटर अभिषेक शर्मा पेटको संक्रमण, टी २० विश्वकप खेल्ने सम्भावना कम

भारतीय क्रिकेटर अभिषेक शर्मा पेटको संक्रमण, टी २० विश्वकप खेल्ने सम्भावना कम

काठमाडौँ। भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण दिल्लीको एक अस्पतालमा भर्ना भएका छन्। यसले गर्दा...

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानसँग सम्बन्धित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । बल प्रयोग गर्दा समस्याहरू...

कोपेनहेगन लाइट रनमा १ हजार धावकहरू सहभागी

कोपेनहेगन लाइट रनमा १ हजार धावकहरू सहभागी

कोपेनहेगनको ‘लाइट रन’ मा करिव १ हजार धावकहरूले भाग लिएका छन् । जुन एक विशेष रात्रिकालीन दौड थियो ।...

दक्षिण कोरियामा सैन्य हेलिकप्टर दुर्घटना

दक्षिण कोरियामा सैन्य हेलिकप्टर दुर्घटना

दक्षिण कोरियाको ग्योन्गी प्रान्तमा सोमवार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । योन्हाप समाचार एजेन्सीकाअनुसार यस दुर्घटनामा दुई जना...