अर्थ

नेपाली स्वादलाई मुख्य आधार बनाएर खोलिएको ‘तुफानी पिज्जा’ औपचारिकरूपमा सञ्चालनमा

काठमाडौं। काठमाडौंको बानेश्वरमा नेपाली स्वादलाई मुख्य आधार बनाएर ‘तुफानी पिज्जा’ बुधबारदेखि सञ्चालनमा आएको छ। करिब ५० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको उक्त रेष्टुरेन्टले गुणस्तर, सुलभ मूल्य र चेन विस्तार रणनीतिसहित सञ्चालनमा ल्याइएको सञ्चालक माधवकुमार नेपालले जानकारी दिनुभयो।

एभरेष्ट होटलको पार्किङ साइड, छक्कुबक्कु मार्गमा रहेको ‘के एण्ड के इन्टरनेशनल कलेज’ नजिकै रहेको रेष्टुरेन्ट चार्टर्ड एकाउन्टेन्ट टीका कार्की, माधवकुमार नेपाल र मनमोहन रिमालको संयुक्त लगानीमा सञ्चालनमा ल्याउनुभएको हो।

सञ्चालक नेपालका अनुसार तुफानी पिज्जामा नेपाली स्वाद मिसिएको पिज्जासहित बर्गर, तुफानी फ्राइड चिकेन ९टीएफसी०, तुफानी र्‍याप, एक्स्प्रेसो बेसका अर्गानिक कफी तथा विभिन्न फ्रेस जुसहरु उपलब्ध छन्। ‘हामीले अन्तर्राष्ट्रिय फास्टफुडलाई नेपाली जिब्रोअनुसार ढालेर फरक पहिचान बनाउने लक्ष्य राखेका छौँ,’ उहाँले भन्नुभयो।

बानेश्वर क्षेत्रमा कर्पोरेट अफिस, कन्सल्टेन्सी र शैक्षिक संस्थाको उच्च उपस्थिति रहेकाले विद्यार्थी र अफिसमा कार्यरत जनशक्तिलाई लक्षित गर्दै व्यवसाय सञ्चालन गरिएको सञ्चालक नेपालको भनाइ छ।उनका अनुसार प्रिमियम आइटमहरु प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइनेछ।

कम्पनीले बानेश्वर आउटलेटलाई सेन्ट्रल किचनका रूपमा विकास गर्दै आगामी दिनमा चेन मोडलमा उपत्यका र मोफसलका प्रमुख सहरहरूमा शाखा विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ। तुफानी पिज्जाका परिकारहरू फुडमाण्डु, पठाओ लगायतका अनलाइन डेलिभरी प्लेटफर्म तथा आफ्नै वेबसाइट र सामाजिक सञ्जालमार्फत अर्डर गर्न सकिने व्यवस्था गरिएको कम्पनीले बताएको छ।

 

 

सम्बन्धित समाचार

वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल

वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पती शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक...

विकास सहायता प्रतिवद्धतासँगै प्राप्ति पनि बढ्यो

विकास सहायता प्रतिवद्धतासँगै प्राप्ति पनि बढ्यो

काठमाडौँ। पछिल्लो समय विकास सहायता प्रतिवद्धतासँगै दातृ निकायले दिने त्यस्तो सहायता पनि बढ्दै गएको छ । अर्थ मन्त्रालयकाअनुसार चालु...

नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्रः सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता

नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्रः सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता

काठमाडौँ। नेपाल–भारतका सुरक्षा विज्ञहरुले निर्वाचनले मात्रै स्थिरता नदिने बताएका छन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेण्टको दशौं...

बजेटको आकार घटेको छैनः अर्थमन्त्री

बजेटको आकार घटेको छैनः अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले बजेटको आकार नघटेको स्पष्ट पार्नुभएको छ । चालु आर्थिक वर्ष २०८२./८३ को बजेटको अर्धवार्षिक समीक्षा...