कतिले जिते, कति पराजित भए निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भए भने छ जना पराजित भएका छन् ।
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका रामचन्द्र पौडेल (तनहुँ) र प्रकाशमान सिंह (काठमाडौँ), नेकपा (एमाले)का विष्णुप्रसाद पौडेल (रुपन्देही), रघुवीर महासेठ (धनुषा) र टोपबहादुर रायमाझी (अर्घाखाँची) तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी (बाग्लुङ)बाट निर्वाचित भएका छन् ।
पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका कृष्णप्रसाद सिटौला (झापा), सुजाता कोइराला (मोरङ) र विजयकुमार गच्छदार (सुनसरी)बाट पराजित भए । एमालेका नेता ईश्वर पोखरेल (काठमाडौं) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा (मकवानपुर)बाट पराजित भए । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव (सप्तरी) र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो (सर्लाही)बाट पराजित भए ।
यसैगरी पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका विमलेन्द्र निधि समानुपातिक सूचीमा छन् भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वामदेव गौतम हाल राष्ट्रियसभा सदस्य छन् । एमाले नेता डा भीमबहादुर रावल, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र नेकपा (माले)का महासचिव चन्द्रप्रकाश (सिपी) मैनाली यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार रहेका थिएन ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




