विद्युतीय पोलले अल्झाइरहेको पृथ्वी राजमार्गः लाइफलाइनमा सरकारी निकायको बेवास्ता
काठमाडौँ। नौबिसे–मलेखु सडक खण्डको स्तरोन्नति कार्यमा विद्युतीय पोल मुख्य वाधक बनेको छ ।
समयमै काम सम्पन्न भएको भए यतिबेला यो सडक कालोपत्रे भइसकेको हुन्थ्यो । तर विद्युत प्राधिकरणले समयमै सडकमा रहेको पोल हटाउन नसक्दा निर्माणमा गम्भीर चुनौति थपिएको छ । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यस आयोजनाले लक्ष्यअनुसारको प्रगति गर्न सकिरहेको छैन ।
विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो ४३।५४ किलोमिटर लामो सडक नेपालको ‘लाइफलाइन’ मानिन्छ । आयोजना प्रमुख केशव ओझाकाअनुसार प्राधिकरणको खातामा डेढ वर्ष अगाडि नै पोल सार्न आवश्यक बजेट दाखिला गरिएको थियो । तर प्राधिकरणले लगाएको ठेक्का प्रभावकारी नहुँदा काम सुस्त छ । विशेषगरी धार्के बजार र बन्छेटार खण्डमा २ सयभन्दा बढी पोल सार्नुपर्ने छ ।
सडकको स्तरोन्नतिका लागि ५ अर्ब ३३ करोड १९ लाख लागतमा रहेको छ । नेपाल विद्युत प्राधिकरणले पोलको व्यवस्थापन गर्न नसक्दा कतिपय स्थानहरुमा विद्युतीय पोलहरुलाई सडक बिचमै पारेर कालोपत्रे गरिएको छ । यसरी पोलहरु सडकमै पारेर कालापत्रे गर्दा भविष्यमा यसले दुर्घटना निम्ताउने सक्ने प्राविधिहरुको भनाइ छ ।
सडकमा रहेको पोल हटाउनका लागि निर्माण कम्पनी विद्युत प्राधिकरणलाई ताकेता गरेपनि काम सुस्त रुपमा भइरहेको छ । निर्माण शुरु भएको तीन वर्षमा कालोपत्रे गर्ने सम्झौता भएपनि काम गति लिन नसक्दा अझै केही समय लाग्ने देखिन्छ । फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका कारण पनि सडकको निर्माण कार्य केही समय प्रभावित हुने देखिएको छ ।
निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेकाअनुसार विद्युतीय पोल नसार्दा हामीले लक्ष्यअनुसारको काम गर्न सकिरहेका छैन । यो सडक आयोजना क्षेत्रमा २ सय भन्दा बढी विधुतीय पोल सार्नुपर्ने छ । पोल सार्न विद्युत प्राधिकरणमा पटक पटक ताकेता गर्दा समेत काम अगाडी बढ्न सकिरहेको छैन । विशेषगरी बजार क्षेत्रमा पोलको समस्या बढी रहेको छ । धार्के बजारमा विद्युतीय पोलको अवरोधका कारण कामको रफ्तार बढाउन नसकिएको उनको गुनासो छ ।
त्यसै गरी प्राधिकरणलाई दबाब सिर्जना गर्न बन्छेटार खण्डमा विद्युतीय पोल बिचमै राखेर कालोपत्रे गरिएको छ ।
यता आयोजनाले पनि आफ्नो काय क्षेत्रमा पर्ने कामहरु तदारुकताका साथ गरिरहेको नागढुंगा मुग्लिन सडक योजना पूर्वी खण्डका आयोजना प्रमुख केशव ओझा बताउनु हुन्छ । प्राधिकरणलाई विद्युतीय पोल सार्न आवश्यक बजेट डेढ वर्ष अगाडी प्राधिकरणको खातामा दाखिला गरिएको भएपनि काम लक्ष्यअनुसार हुन सकिरहेको छैन ।
सडक क्षेत्रमा पर्ने पोल सार्न प्राधिकरणले ठेक्का लगाएको भएपनि पोेल सार्ने ठेक्का लिएको निर्माण व्यवसायीले आफ्नो टिम प्रभावकारी रुपमा परिचालन गर्न नसक्दा समस्या आएको उनको तर्क छ । सडक निर्माणको समय अवधि सकिँदा समेत आयोजनाले आफ्नो क्षेत्रमा पर्ने विद्युतीय पोल सार्न सकेको छैन जसका कारण निर्माण पक्षले काममा अवरोध भएको दाबी गर्दै आइरहेको छ । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
-
५.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
सम्बन्धित समाचार
रास्वपा नेता प्रहरी नियन्त्रणमा
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ पर्नुभएको छ। बाणगंगा नगरपालिका ८ धनेषपुरका...
यसपटक गठबन्धन हुँदैहुँदैन : प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि किसिमको समीकरण वा तालमेलको पक्षमा नभएको जनाउनुभएको छ।...
नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने पार्टी हाम्रो हो: कुलमान घिसिङ
दमक। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताउनुभएको छ...
वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पती शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक...




