मुख्य समाचार

विपक्षहरुले नै नेकपाले निर्वाचनमा सोचेभन्दा राम्रो नतिजा ल्याउँछ भन्न थालेः पुष्पकमल दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गर्नुभएको छ । बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले विपक्ष राजनीतिक दलहरुले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको जिकिर समेत गर्नुभयो ।

संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले नयाँ भनिएका राजनीतिक दलहरुले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरुमा त्यो नदिएको समेत बताउनु भयो । संयोजक दाहालले आफ्नो पार्टी, काँग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिष्पर्धा हुने पनि बताउनु भयो । उहाँले आगामी १०, १५ दिन भित्र नेपाली कम्युनिष्ट पार्टीले अन्य पार्टीहरुलाई पछाडि पारेर निर्वाचनको माहोल बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘यस्तो देखिन्छ कि समानुपातिकमा अलिकति नयाँहरुको वेब नयाँ ठाउँमा पुराना ठाउँमा होइन । त्यस्तो देखिएपनि प्रत्यक्षतर्फको वेब चाहीँ नेपाली कम्युनिष्ट पार्टीमा नै छ कमरेडहरु विचार गर्नुहोला । प्रत्यक्षतर्फ वेब बढि हामीतिर छ । यसकारण यसलाई हामीले क्यास गर्न सक्नुपर्नेछ । यो मैले मात्रै भनेको होइन–हाम्रा विपक्षहरु, विपक्ष राजनीतिक दल, बुद्धिजीविहरु, पत्रकारहरु सबैले पनि आज भोली भन्न के थालेको छन भने–नेपाली कम्युनिष्ट पार्टीको सोचेभन्दा राम्रो हुँदै गएको छ है भन्नेमा कसैको विमति छैन । पहिला त हामीलाई बडो हेपेर भन्ने गर्थे–एकदम कम ल्याउँछ, भनेजस्तो आउँदै आउँदैन भन्थे केही मान्छेहरु । ती मान्छेहरु पनि अहिले नेपाली कम्युनिष्ट पार्टी कम्पिटिशनमा गयो । अहिले ४ वटाको बीचमा प्रतिष्पर्धा हुन्छ भन्ने बजार पनि चर्चा छ । सायद तपाईहरुले मिडियामा पनि हेर्नुभयो होला । हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, नेकपा ९एमाले० र रास्वपाका बीच कडा प्रतिष्पर्धा हुँदैछ देशभरीको निर्वाचनमा भन्ने भनाई सबैले स्वीकारेका छन् । मलाई लाग्छ–आउँदो १०, १५ दिनपछि नेपाली कम्युनिष्ट पार्टीले टप्यो, गईसक्यो अगाडि भन्ने वातावरण बन्नेछ भन्ने मेरो विश्वास छ । हामी सबैले मेहनत ग¥यौँ भने अहिले त्यो परिस्थिति बन्दैछ ।’

संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टी नयाँ र सबैभन्दा भिजन भएको पार्टी भएको भन्दै त्यसमा हजारौ युवा पुस्ताहरुले साथ दिएको समेत बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...