प्रमुख खवर

टेलरिङ व्यवसायी राजलाई युवा उद्यमी सम्मान

काठमाडौं । युवा व्यवसायी राज कार्की सम्मानित भएका छन् । चन्द्र लोक प्रतिष्ठानले शनिबार आयोजित एक कार्यक्रमबीच कार्कीलाई राष्ट्रिय युवा उद्यमी सम्मानबाट सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद पूर्व अध्यक्ष खिलराज रेग्मीले उनलाई सम्मान गरेका हुन् ।

कार्की बिगत १८ वर्षदेखि व्यावसायिक क्षेत्रमा आवद्ध छन् । उनले २०७२ देखि टेलरिङ व्यवसाय सञ्चालन गरिरहेका छन् । श्री राज कलेक्सन नरदेवी काठमाडौंबाट सुरू भएको यो व्यवसायलाई उनले यही वर्ष विस्तार गरेका छन् । काठमाडौंको बागबजारमा उनले सुटमाला नामक टेलरिङ सञ्चालन गरिरहेका छन्।

उनी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव समेत हुन् । उनी सामाजिक र व्यावसायिक काममा निरन्तर सक्रिय छन् ।

सम्मानप्रति आभार व्यक्त गर्दै कार्कीले उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...