सरकारमा सहभागिताबारे निर्णय लिन हतार छैन :अध्यक्ष नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन् ।
पार्टीको भ्रातृ संगठन युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनले अहिले राजनीतिक ‘पिक्चर’ नै ‘क्लिएर’ नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सरकारमा जाने÷नजानेबारे निर्णय नलिएको बताए ।
उनले भने, “वर्तमान राजनीतिक दृश्य प्रष्ट त हुनुपर्यो नि ?’ अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौँ, सबै स्पष्ट भएपछि निर्णय लिन्छौँ ।” यही पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने र पार्टीको आधिकारिक कमिटीले निर्णय गर्ने उनको भनाइ थियो ।
यसैगरी उनले आफ्नो पार्टी सरकारमा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताए । अध्यक्ष नेपालले पार्टीका सांसदलाई दलको ह्विप लाग्ने भन्दै सचेत समेत गराए । उनले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदलाई ह्विप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिर समेत गरे ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




