प्रमुख खवर

सुधारको पहल नगरे अर्थतन्त्र संकटमा फस्छ : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक संकटमा फस्ने बताएका छन् ।

झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको उद्घाटन गर्दै उनले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन नसक्दा देश दिनानुदिन आर्थिक संकटतर्फ धकेलिएको बताए ।

नेता गुरुङले जनता र देशका लागि काम गर्ने नेताको अभावमा मुलुकले अनेकौँ समस्या झेलिरहेको बताए । एक फरक प्रसंगमा उपसभापति गुरुङले सत्ता प्राप्तिको खेलले जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको तर्क गरे ।

ठूलो शक्तिलाई पाखा लगाएर बनाइएको यो सरकार धेरै दिन नटिक्ने उनको टिप्पणी थियो । उनले मुलुकको मियो नै कांग्रेस भएको बताउँदै कांग्रेसबिनाको सरकार कल्पनासमेत गर्न नसकिने धारणा राखे ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...