Breaking News

बागलुङमा स्कुल बस दुर्घटना अपडेट : एक विद्यार्थीको निधन, २५ घाइते

चितवन । बागलुङ नगरपालिका १, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान गएको छ भने, २५ जना घाइते भएका छन् ।

लोकमार्गदेखि रातमाटातर्फ जाँदै गर्दा दुर्घटना भएको स्कुल बसमा भएका विद्यार्थीमध्ये २६ जना घाइते भएका थिए । तिमध्ये एक विद्यार्थी अमन बोहराको ज्यान गएको धौलागिरी प्रादेशिक अस्पताल बागलुङले जनाएको छ ।

दुर्घटनमा घाइते भएकामध्ये ६ जनालाई उपचारका लागि पोखरास्थित दुई अस्पतालमा अस्पताल पठाइएको बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो।

घाइतेमध्ये २३ जना विद्यार्थीको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

गम्भीर घाइते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान र सोलुमन रसाइलीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल र सुजल छन्त्याल र सङ्गम किसानलाई भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको अस्पतालले विज्ञप्ति निकालेर जनाएको छ।

आज दिउँसो साढे ४ बजे विद्यालयको ग २ च ८६२१ नम्बरको बस बागलुङ नगरपालिका ३, हाडेपाखामा दुर्घटनामा परेको थियो ।

सम्बन्धित समाचार

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राजावादीहरुको भिड

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राजावादीहरुको भिड

काठमाडौं। झापा भ्रमण सकेर काठमाडौं फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाहिर दुर्गा प्रसाईंसहित समर्थकहरूको ठूलो भीडले...

बंगलादेशमा चुनाव :  मतगणनामा गडबडी भएको एनसिपीको आरोप

बंगलादेशमा चुनाव : मतगणनामा गडबडी भएको एनसिपीको आरोप

बंगलादेशको नेसनल सिटिजन्स पार्टी (एनसिपी)ले मतगणनामा गडबडी भएको आरोप लगाएको छ। एनसिपी बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई...

बङ्गलादेशको आम निर्वाचनमा बीएनपी पार्टीको बहुमत

बङ्गलादेशको आम निर्वाचनमा बीएनपी पार्टीको बहुमत

काठमाडौँ । बङ्गलादेशको आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ । कुल ३ सय सिटमध्ये हालसम्म...