पूर्वराजा शाह आज काठमाडौं आउँदै, निषेधाज्ञाका बीच स्वागत गर्दै राजावादी
काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंमा आउने भएपछि आज जिल्ला प्रशासन कार्यालय काठमाडौं विमानस्थलमा निषेधाज्ञा जारी गरेको छ।
झापा बसाईपछि उहाँ आज काठमाडौं आउन लाग्दा समर्थकहरुले भिडभाड तथा जुलुस गर्न सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले स्पष्ट पार्नुभयो। उहाँले सार्वजनिक सूचना जारी गरी निर्वाचन आचारसंहिता लागू भइसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको उल्लेख गर्नुभएको छ।
पुर्वराजा शाह दिउँसो १२ बजेर ४० मिनेटमा बुद्ध एयरको बमानबाट काठमाडौं आउने कार्यक्रम छ। निषेधित र संवेदनशील क्षेत्रमा कानुनविपरीतका कार्यहरूमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जानकारी गराएको छ।
राप्रपाका नेता उद्धवराज भेटुवालले विमानस्थलभित्र निषेधाज्ञा जारी भएपनि आफुहरुले विमानस्थल बाहिरबाट पुर्वराजालाई स्वागत गरेर निर्मल निवास पु¥याइने र शान्ति सुरक्षामा खलल पुग्ने कार्यक्रम नरहेको जानकारी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
३.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
४.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
-
५.
निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ
सम्बन्धित समाचार
बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन
काठमाडौं । नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज बर्दघाट नगरपालिका–चिसापानीस्थित...
राष्ट्रिय सभाको चालु अधिवेशनको अन्तिम बैठक आज
काठमाडौंं। राष्ट्रियसभाको चालु अधिवेसनको अन्तिम बैठक आज बस्दैछ। दिउँसो सवा १२ बजे बस्ने अन्तिम बैठकमा केही प्रतिवेलनहरु पेश हुनेछ...
जिल्ला पठाउन थालियो मतपत्र
काठमाडौं। फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला जिल्लामा मतपत्र पठाउन थालिएको छ। निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १०...
जनयुद्धको उत्प्रेरणा र ऊर्जासहित अब अघि बढ्ने छौं : प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त...




