प्रमुख खवर

लायन्सको सेकेन्ड भाइस गभर्नरमा मीलनबाबु मल्ल अफिसियल उम्मेदवार

काठमाडौं । लायन्स क्लब्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ जे, नेपालको पहिलो वार्षिक कन्भेन्सन आगामी चैत ११ गते हुने भएको छ । स्वास्थ्य, शिक्षा, वातावरण, मानवीय सहायता, नेतृत्व विकास साथै जनचेतनामुलक कार्यमा समर्पित लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ जे, नेपालको वार्षिक जिल्ला अधिवेशन काठमाडौंस्थित राष्ट्रिय सभा गृह, प्रदशनी मार्गको सभाहलमा हुनेछ । आइतबार एक कार्यक्रमबीच डिष्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले कन्भेन्सन कल गरेका छन् ।

डिष्ट्रिक्ट अन्तर्गत रहेका १२ जिल्लाका ८ सयदेखि १ हजार जना लायनहरुको उपस्थितिमा कन्भेन्सन सम्पन्न हुने डिष्ट्रिक्ट एडमिनिस्ट्रेटिभ चिफ मीलनबाबु मल्लले जानकारी दिए । कन्भेनरको जिम्मेवारीसमेत मल्लले प्राप्त गरेका छन् ।

अधिवेशनमा वार्षिक प्राप्त उपलब्धीहरुको समिक्षा, पुरस्कारहरु वितरण लगायतका गतिविधिसहित आगामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । उक्त डिष्ट्रिक्टबाट आगामी वर्षका लागि हरि मरठ्ठा गनर्भर, मीलन थापा फस्ट भाइस गभर्नर निर्वाचित हुनेछन् । सेकेन्ड भाइस गभर्नरका लागि मीलनबाबु मल्ल अफिसियल उम्मेदवार बन्ने डिष्ट्रिक्ट गभर्नर श्रेष्ठले जानकारी दिए ।

जुलाई १ देखि शुरु हुने कार्यकालको लागि तयारी गर्न यो विचको समय उपलब्ध गराउने लायन्सको परम्परा छ । उक्त अवसरमा अन्तर्राष्ट्रिय स्तरमा नै ख्याति प्राप्त ‘कि नोट स्पिकर’हरु प्नि सहभागी गराउने कार्यक्रम रहेको मल्लले जानकारी दिए ।

कन्भेन्सन व्यवस्थित, सुविधा सम्पन्न र उत्कृष्ट तवरले सम्पन्न गर्न डिष्ट्रिक्ट गर्भनर ध्रुव श्रेष्ठको नेतृत्वमा ३९७ सदस्यीय मूल आयोजक कमिटि गठन गरिएको छ ।

२२ वटा विभिन्न शीर्षकका उपसमितिहरु तथा सल्लाहकार मण्डल समेत गठन गरिएको छ । उक्त समितिमा १७४ जना लायन्स लिडरहरुले प्रतिनिधित्व छ ।

कार्यक्रम व्यवस्थापन गर्नको लागि काठमाडौं क्षेत्रका ३ वटा लायन्स क्लबहरु लायन्स क्लब अफ काठमाडौं अग्रणी, काठमाडौं बनस्थली र काठमाडौं उपकारले होस्ट क्लबको जिम्मेवारी प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...