वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न सरकार निर्मम भएर लाग्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् ।
७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बिहीबार भन्सार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले सो कुरा बताएका हुन् । साथै उनले पछिल्लो समय भन्सार विन्दुबाट हुने चुहावट बढ्दै गरको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको यही अवधिको तुलना गर्दा चालु आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी आएको बताए । यस्तो आँकडा सुनेर मात्र बस्न सक्ने अवस्थामा सरकार नरहेको उनले उल्लेख गरे ।
पौडेलले राजस्व परिचालनमा कमी आउनुमा विभिन्न तर्क सुनिनेको भएपनि ती कुनै पनि तर्कले राजस्व संकलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने बताए । राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै लक्ष्य भेट्टाउने काम गर्न उनले निर्देशन दिए ।
अन्तर्राष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उनको भनाइ छ ।भन्सार विन्दुबाट कुनै वस्तुको आयात घट्ने तर बजारमा सोही वस्तुको मौज्दात बढी देखिने भन्दै यसले ‘लिगल च्यानल’लाई चुनौती दिने काम गरेको उनले बताएका छन् ।
ताजा अपडेट
-
१.
रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी
-
२.
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
-
३.
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
-
४.
निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी
-
५.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




