प्रमुख खवर

सामाजिक सञ्जाललाई एउटा दायरामा ल्याएर व्यवस्थापन र नियमन गर्नुपर्छ : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई एउटा दायरामा ल्याएर व्यवस्थापन र नियमनको गर्नु पर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा थपलियाले सो कुरा बताएका हुन् ।

साथै उनले सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रूपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले अनुगमन गर्न सक्छ कि सक्दैन ? भनी प्रश्न समेत गरेका छन् ।

‘अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यमको रूपमा स्थापित हुन खोज्दै छन् । यिनलाई कहाँ, कसले हेर्ने हो रु सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन, त्यो अर्को पाटो हो । तर यसलाई पनि अव समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन । एउटा दायरामा ल्याएर यसको व्यवस्थापन र नियमनको पनि कुरा गर्नुपर्छ,’ थपलियाले भने ।

उनले सबै सञ्चार माध्यममा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरू स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न पनि काउन्सिललाई आग्रह गरे ।

 

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...