प्रमुख खवर

स्वास्थ्य राज्यमन्त्री कार्कीले दिइन् आत्मदाह गरेका प्रेम आचार्यलाई भेटेकोबारे स्पष्टीकरण

काठमाडौं । संसद् भवन अगाडी मंगलबार आत्मदाह गरेका प्रेम प्रसाद आचार्यलाई अस्पतालमा भेट्न गएपछि विवादमा परेकी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आइसियुमै भेट्न गएको स्पष्टीकरण दिएकी हुन् ।साथै,उनले स्पष्टीकरणमा अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर गल्ती नगरेको तर्क  गरेकी छन् ।

डा, कार्कीले ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै समयै गएर भेटेकोमा सन्तोष व्यक्त गरेकी छिन् ।उनले ज्यान गुमाइसकेका व्यक्तिको मृतु माथी राजनीति नर्गन समेत आग्रह गरेकी छन् ।

मृत्युसँग संर्घष गरिरहेको बिरामीलाई आइसियु प्रोटोकल विपरीत भेटेको भन्दै उनको आलोचना भइरहेको छ । उनले मतदाताको मत र विश्वास माथी आँच आउने काम नगरेको र प्रकृयार विधिहरुलाई मिलाएर नै भेट्न पुगेको दाबी समेत गरेकी छन् ।

उनले भनेकी छन्, ‘मैले तपाईहरुको मत र विश्वास माथी आँच आउने काम गरेकी छैन र गर्ने पनि छैन्र हामी भेट्न गएको प्रक्रिया अनुसार नै छ ।’

यस्तो छ उनको पुरा स्पष्टिकरण

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...