प्रधानमन्त्रीद्वारा गायक भीम पौडेलको निधनप्रति दु:ख व्यक्त
काठमाडौं । लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।
शुक्रबार प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत लोक गायक पौडेलको अल्पायुमै भएको दुःखद निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गरेका छन्। पौडल बिशेष गरी लाइभ दोहोरी मार्फत चर्तित रहेका थिए ।
दर्जनौँ लोक दोहोरी गीत गाएर चर्चित बनेका गायक पौडेलको स्याङ्जास्थित घरमै बिहीबार राति निधन भएको हो । उनको पोखराको रामघाटमा हिन्दुपरम्परा अनुसार आज अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
परिवारका अनुसार उनी विगत दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका भएका पौडेलको रक्त अल्पताको कारण निधन भएको हो ।
ताजा अपडेट
-
१.
रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी
-
२.
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
-
३.
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
-
४.
निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी
-
५.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




