यो चुनाव बजेट राख्ने र बजेट काट्ने शक्तिहरूबीचको फैसला होः केपी शर्मा ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताउनुभएको छ ।
झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले यो निर्वाचन केवल प्रतिनिधि छान्ने कुरा मात्र नभइ धिमाल जातिको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरू बीचको निर्वाचन भएको बताउनुभयो।
आफू नेतृत्वको सरकारले धिमाल जातिको संग्रहालय, होमस्टे र सडकका लागि छुट्याएको करोडौँको बजेट वर्तमान सरकारले अनधिकृत रूपमा काटेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । वर्तमान सत्ता गठबन्धनले विकास विरोधी काम गरेको आरोप लगाउनु भयो। धिमाल समुदायलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘यस पल्टको चुनाव जलाउने कि बनाउनेहरुको बिचको चुनाव हो । देश बनाउने, बचाउने कि देश जलाउनेका बिचको चुनाव हो । हामीले जलाउने खालकालाई, बिगार्ने खालकालाई भोट दिनु हुन्न भन्नुभयो उहाँले । बनाउने खालकालाई दिनुपर्छ भन्नुभयो । त्यो सही कुरा हो । तर यस पल्टको चुनाव यस ठाउँमा मैले भन्नु पर्दा धिमाल जातिका लागि विकासका लागि बजेट राख्ने र बजेट काट्नेहरुका बिचको चुनाव पनि हो यो । प्रथम नागरिकहरुको नगरपालिका यस ठाउँको जनप्रतिनिधी संस्था नगरपालिकामा प्रथम नागरिक भनेर शालिक राख्नेहरु र शालिक भत्काउनेहरुका बीचको चुनाव पनि हो । भत्काउनेहरुलाई यस पल्ट साथ दिनु हुँदैन, मत दिनु हुँदैन । र यो चिया बगान बाट गेट बाट उत्तर आउने बाटो त्यसका लागि ३ करोड छुट्याइएको थियो । त्यो एडीबीले बनाउने भनेको थियौ हामीले, एडीबीले बनाउने भनेको थियो । त्यो पनि यहाँ आएर त धेरै उपयोग गर्ने होइन यहाँका जनताले गर्थे तर म सरकारबाट हटेपछि त्यो बजेट काटि दियो, त्यो योजना नै काटि दियो, अहिले त्यो छैन । यस्तै स्थितिमा त्यो बाटो बन्दैन तर २१ गते हामीले फैसला गर्नुपर्ने छ, २१ गते पछिको सरकार हामी बनाउछौ र फेरि त्यो बजेट ल्याउछौ । त्यसकारण तपाईँहरुले किन भोट हाल्नु पर्छ भन्दा तपाईँहरुलाई मैले यो कुरा बताए । ग्राम थान र संग्रहालय विकासका लागि केन्द्र बाट ३ करोड रुपैयाँ छुट्याइएको थियो, तपाईँहरुले कत्तिको थाहा पाउनु भएको थियो, थाहा छैन मलाई । ३ करोड रुपैयाँ छुट्याइएको थियो, म सरकारबाट हटेपछि अनधिकृत ढंगले, अहिलेको सरकारले काट्नै पाउँदैन त्यो बजेट । तर बलजस्ती त्यो बजेट काटिदिएको छ, संग्रहालय बनाउने बजेट । कति ५ करोड माग्नु भएको थियो है रु माग्दाखेरी ५ करोड माग्नु भएको थियो, मैले भने ५ करोड अहिले पर्दैन ३ करोड बाट काम थालौँ, काम अगाडी बढाउ अनि पछि अरु गर्दै जाउँला भनेर ३ करोड छुट्याएको थियो । मलाई राम्रैसँग सम्झना छ साथीहरुले भेटेरै पनि कुरा गर्नुभएको थियो मलाई र बजेट राखिएको थियो । त्यो बजेट अहिले काटिएको छ । त्यसकारण बजेट राख्ने र बजेट काट्नेका बीचमा यो चुनाव हुँदैछ तपाईँहरुले बुझ्नु पर्ने कुरा त्यो छ । धिमाल होमस्टेका लागि पनि ३ करोड बजेट छुट्याइएको थियो, त्यो बजेट पनि मैले छुट्याएको थिए । म सरकारबाट हटेपछि यिनीहरुले काटे । अहिले यहाँ चुनावमा केपी ओलीसँग प्रतिष्पर्धा गर्न आउँछु भन्ने मान्छेहरु यिनीहरुकै टिम हो जलाउने पनि र कटाउने पनि । त्यसो भएर यस्ताहरुलाई झुक्किएर पनि बढावा दिनुहुन्न प्रोत्साहित गर्नुहुन्न भन्ने दाजुभाइ दिदीबहिनीहरुलाई थाहा छ भन्ने मलाई लाग्छ ।’
अध्यक्ष ओलीले धिमाल जातिलाई ‘धर्तीपुत्र’ र ‘प्रथम नागरिक’ को संज्ञा दिँदै उनीहरूको पहिचान मेटाउन खोजिएको बताउनुभयो। आफू २०२० सालदेखि नै धिमाल समुदायसँग निकट रहेको स्मरण गर्दै ओलीले वि।सं। २०५१ सालमा गृहमन्त्री हुँदा धिमाल जातीय विकास केन्द्रका नाममा संग्रहालय र उद्योग सञ्चालन गर्न १० बिगाहा जमिन भोगाधिकार दिएको तथ्य उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले धिमाल समुदायबाट शिक्षित युवाहरू नेतृत्वमा आउन थालेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा राज्यका विभिन्न निकायमा उनीहरूको उपयुक्त प्रतिनिधित्वका लागि एमालेले विशेष ध्यान दिने समेत बताउनु भयो । शिक्षा, स्वास्थ्य र मौलिक पहिचानको संरक्षण नै आफ्नो मुख्य एजेण्डा रहेको भन्दै उहाँले कसैको भ्रममा नपर्न आग्रह गर्नुभयो। —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
-
२.
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
-
३.
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
-
४.
गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु
-
५.
अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
काठमाडौँ। निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका...
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
काठमाडौँ। नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार...
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकाले विश्वका केही ‘सबैभन्दा कठिन चुनौतीहरू’ दृढता, सिर्जनशीलता र लचिलोपनका साथ सामना गरिरहेको...
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि छुट्टै स्वायत्त आयोग चाहिन्छः सुनिलबाबु पन्त
काठमाडौँ। अधिकारकर्मी सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको लागि छुट्टै स्वायत्त आयोग आवश्यक रहेको बताउनुभएको छ । मायाको...




