गोरखामा कसैलाई सहयोग गरेका छैनौँः सुदन किराँती
काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष मण्डलका सदस्य सुदन किराँतीले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखामा हालसम्म कुनैपनि पार्टीलाई सहयोग नगरेको स्पष्ट पार्नुभएको छ।
आईतवार पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक गर्ने क्रममा उहाँले गोरखामा कसैलाई समर्थन गर्ने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताउनुभएको हो।
पार्टीले गोरखा क्षेत्र नम्बर २ मा पार्टीका संरक्षक डा बाबुराम भट्टराई र क्षेत्र नम्बर १ मा गोपालबाबु श्रेष्ठलाई उम्मेद्वार बनाएको थियो। उहाँहरुले उम्मेद्वारी फिर्ता लिएपछि गोरखामा पार्टीले कसैलाई सर्मथन गर्ने निर्णय नगरेको उहाँले जानकारी दिनुभयो।
उहाँले पार्टीका उम्मेद्वारले किन उम्मेद्वारी फिर्ता लिएको भन्ने बारेमा जानकारी नभएको पनि उहाँले बताउनु भयो। उहाँले पार्टीका संरक्षक भट्टराईसँग उम्मेद्वारी फिर्ता लिएको विषयमा सोधखोज पनि नगरेको जानकारी दिनुभयो।
उहाँका अनुसार उहाँ हाल व्यक्तिगत शोकमा रहेकाले गोरखा सम्बन्धी विषयमा विस्तृत छलफल हुन सकेको छैन। उहाँले डा। भट्टराईलाई आफूहरूले अभिभावकका रूपमा लिएको र अहिले अन्य राजनीतिक वृत्तमा पनि उहाँप्रति सकारात्मक दृष्टिकोण विकसित भइरहेको उल्लेख गर्नुभयो।
नेपालको भूराजनीतिक अवस्था जटिल र संवेदनशील रहेको उल्लेख गर्दै उहाँले सोही सन्दर्भमा दीर्घकालीन सोचका साथ डा। भट्टराईले निर्णय गरेको हुनसक्ने बताउनुभयो। चुनावपछि यसबारेमा समिक्षा हुने उहाँले जानकारी दिनुभयो। उहाँले प्रलोपाले ८७ सिटमा उम्मेदारी दिएको र सबै स्थानमा जित हासिल गर्नेगरी अघि बढेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हाम्रो अभिभावक डा बाबुराम भट्टराई हाम्रो संरक्षक हुनुहुन्छ, यतिवेला उहाँ शोकमा हुनुहुन्छ, हामीले यो प्रश्न गर्न भ्याएका पनि छैनौँ। तर हामीले जसरी हाम्रो संरक्षक र अभिभावक मानेको छौँ, उहाँलाई सबैले अभिभावक मान्न पनि थालेको छ। त्यो सकरात्मक कुरा हो। नेपालको भुराजनिति निकै डरलाग्दो स्थितिमा छ, यो सबै आकलन गरेर, त्यो स्तरबाट उहाँले निर्णय गरेको हुनुपर्छ। भावी दिनमा अभिभावककै भुमिका निर्वाह गर्नको लागी उहाँले त्यो निर्णय गरेको हुनुपर्छ, हामी यो चुनावपछि मात्रै सबै यो कुरा गर्छौ। गोरखामा हामीले कसैलाई सहयोग गरेका छैनौँ। हामी ८७ सिटमा नै जित्नेगरि लागेका छौँ।’
उहाँले स्थानीयस्तरमा कतिपय भिन्न विचार बोक्ने राजनितिक दलहरुसँग पनि चुनावी तालमेल गरिएको जानकारी दिनुभयो। स्थानिय आवश्यकताका आधारमा निर्वाचन जित्नको लागी कतिपय ठाउँमा गठबन्धन गरिएको उहाँको भनाई छ। – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
-
२.
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
-
३.
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
-
४.
गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु
-
५.
अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
काठमाडौँ। निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका...
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
काठमाडौँ। नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार...
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकाले विश्वका केही ‘सबैभन्दा कठिन चुनौतीहरू’ दृढता, सिर्जनशीलता र लचिलोपनका साथ सामना गरिरहेको...
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि छुट्टै स्वायत्त आयोग चाहिन्छः सुनिलबाबु पन्त
काठमाडौँ। अधिकारकर्मी सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको लागि छुट्टै स्वायत्त आयोग आवश्यक रहेको बताउनुभएको छ । मायाको...




