मुख्य समाचार

नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो

काठमाडौँ। नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तिब्र पारेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टा लगायत १६ वटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि औपचारिक प्रश्ताव पठाएको छ । श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेकाअनुसार राम्रो वातावरण भएका देशहरुमा नेपालीहरुलाई रोजगारीका निम्ति पठाउन श्रम सम्झौताका लागि गृहकार्य भइरहेको बताउनुभयो।

उहाँकाअनुसार १६ देशसँग प्रश्ताव पठाइएको छ । परराष्ट्र मन्त्रालय र नेपालका सम्बन्धित दुतावासहरूले पनि यी मुलुकहरूसँग छलफल तथा पहल अघि बढाइरहेका छन्। सम्झौताको खाका र अनुरोधसहित प्रस्ताव पठाइएको बताउँदै उहाँले छिट्टै परिणामुखी सम्झौता हुने बताउनुभयो ।

सहसचिव घिमिरेले भन्नुभयो– ‘जहाँ मानवअधिकार काम गर्ने वातावरण छ, नेपालीले धेरै राम्रो आय आर्जन गर्न सकिरहेका छन् ती मुलुकसँग नेपालले श्रम सम्झौता गर्न खोजिरहेको छ । ती देशहरुसँग श्रम सम्बन्ध विस्तार गर्नुपर्छ भनेर खासगरी पूर्वी युरोपका मुलुकहरुमा १६ वटा मुलुकसँग दुईपक्षीय श्रम सम्झौता गर्न प्रस्ताव पठाएका छौँं । अहिले रोमनियाबाहेक अरु हुन सकिरहेको छैन । यो प्राथमिकतामा छ । सम्झौताको प्रश्तावसहित अनुरोध गरिरहेका छौं । परराष्ट्र मन्त्रालय र हाम्रा दुतावासहरुले पहल समेत गरिरहेका छन । क्रोसिया,माल्टासहितका १६ ओटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि प्रश्ताव पठाइएको छ । जहाँ व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरु गएका पनि छन् । ती देशसँग श्रम सम्झौताका लागि प्रश्ताव पठाइएको छ ।’

अहिले क्रोएसिया, माल्टासहितका देशहरूमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरू गएका छन् । अब संस्थागत रूपमा सुरक्षित र मर्यादित रोजगारीका लागि सम्झौता सरकारले गर्न खोजिरहेको छ ।

पछिल्ला वर्षहरूमा युरोपेली मुलुकहरू ९विशेष गरी रोमानिया, क्रोएसिया, पोल्याण्ड, माल्टा, साइप्रस, पोर्चुगल नेपाली वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बन्दै गएका छन् । यी देशहरूमा नेपाली कामदारहरूको संख्या बढ्दो छ, तर श्रम सम्झौता नहुँदा ठगी, शोषण र असुरक्षाको जोखिम रहँदै आएको छ । रोमानियासँग भने केही वर्षअघि नै श्रम सम्झौता भइसकेको छ, जसलाई अन्य मुलुकहरूका लागि उदाहरण मानिएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने

जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई...

९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक

९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्षअवधिका लागि उपदान...

विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए

विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए

सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ३५ वर्षीय देवचन्द्र मुखिया वैदेशिक रोजगारीबाट फर्केकै दिन लुटपाट तथा ज्यान मार्ने प्रयासमा...

निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने

निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने

काठमाडौँ। निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका...