बागलुङमा ५२ वर्षीय पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं । पछिल्लो समयमा आत्मदाहाको घटना बढ्दै गइरहेको अवस्थामा बागलुङ जिल्लाका एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

आत्मदाहको प्रयास गर्ने ५२ वर्षीय शेर बहादुर जिसी बागलुङ नगरपालिका-८ सिगानाका रहेका छन् ।जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अङ्गमा जलेको प्रहरीले बताएका छन् । जिसीको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि पोखरा रेफर गर्न थालिएको सूचना अधिकारी प्रहरीको । उनको अवस्था गम्भीर रहेको बताइएको छ। पछिल्लो समयमा आत्मदहको घटना बढ्न थालेका छन् ।

माघ महिनामा नै काठमाडौंको संसद भवन अगाडी एक युवकले आत्मदाह गरेका थिए । त्यसको लगतै पोखरामा एक युवकले बाथरुममा आत्मदाहको प्रयास गरेका थिए भने आज बागलुङमा ५२ वर्षीय पुरूषले आत्मदहको प्रयास गरेका छन् ।

त्यसैगरी, आत्महत्या पनि देशमा पछिल्लो समयमा बढ्दै गएको छ । देशको अवस्था र केही गर्ने विकल्प नहुँदा आर्थिक ऋणको बोझ खेपन नसकेर धेरै जसो युवाले पछिल्लो सययमा आत्महत्या र आत्मदाह गर्दै आएका छन् ।

 

 

You might also like
Comments
Loading...