Breaking News

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।

बोर्ड अन्तर्गत रहेको ‘सिनेपा २ बक्स अफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन २ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो ।

गत माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ले चार करोड ८० लाख ९० हजार ४८७ कमाइ गरेको छ ।  मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको उक्त चलचित्रका लागि कुल एक लाख ७६ हजार ५५२ टिकट बिक्री भएका छन् । उक्त चलचित्रको कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले आफ्नो भूमिकाका विषयमा धेरै खुलाउन मिल्दैन किनकि त्यसले कथा बाहिरिने डर हुन्छ । तर, चलचित्रमा मैले चाहेको जस्तो भूमिका निर्वाह गर्ने मौका पाएको छु, त्यसैले मैले सक्दो मिहिनेत गरेको छु । यो चलचित्रको कथा हाम्रो परिवार र गाउँ समाजकै हो । चलचित्र हेर्न गएका दर्शकले नै अन्यलाई हेर्न सिफारिस गर्नुहुने छ भन्ने मेरो विश्वास छ ।”

उक्त चलचित्रमा अभिनेता शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गर्नुभएको छ । चन्द्र पन्तले निर्देशन गर्नुभएको उक्त चलचित्रमा अभिमन्यु निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन र कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत सिर्जना गर्नुभएको छ ।

गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘कुमारी’ ले ५६ लाख २११ कमाइ गरेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कुल १७ हजार २५ टिकट बिक्री भएका छन् ।

अविशेक खड्का र आकृतिराज भण्डारीलगायतको अभिनय रहेको चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन । जेनजी पुस्ताको प्रेम कथा भनिएको चलचित्रले दर्शक समीक्षा राम्रो पाउन नसक्दा त्यसको असर व्यापारमा परेको देखिएको छ ।

गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘रमिताको पिरती’ ले १९ लाख ४३ हजार ५८८ कमाइ गरेको छ । सुदीप्ता अधिकारीको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कुल पाँच  हजार ९३७ टिकट बिक्री भएका छन् । आना शर्मा, धिरज मगर, विनय श्रेष्ठ, समिर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको उक्त चलचित्रले दर्शक समीक्षा राम्रो प्राप्त गरेता पनि व्यापार भने राम्रो गर्न सकेको छैन । गत माघ २३ गते प्रदर्शन भएका दुवै चलचित्रको व्यापार निकै न्यून भएको छ ।

चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ ।  रासस

सम्बन्धित समाचार

देशलाई नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग छ : विश्वप्रकाश शर्मा

देशलाई नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग छ : विश्वप्रकाश शर्मा

तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर गरी समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने...

देश बनाउनेलाई भोट दिनुहोस् : लिङ्देन

देश बनाउनेलाई भोट दिनुहोस् : लिङ्देन

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गर्नुभएको छ। आजदेखि सुरु भएको...

टी-२० विश्वकप २०२६ : अफगानिस्तानसँगको जितले दक्षिण अफ्रिका सुपुर ८ मा

काठमाडौं। आईसीसी टी-२० विश्वकप २०२६ मा अफगानिस्तानले पहिलो जित निकाल्ने क्रममा यूएईलाई पराजित गरेको छ । यो नतिजासँगै समूह...

ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली हुन्छः भोजराज पोखरेल

ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली हुन्छः भोजराज पोखरेल

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा हुने अत्याधिक खर्चले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको बताउनुभएको छ । सोमवार निर्वाचन आयोगले...