देश बनाउनेलाई भोट दिनुहोस् : लिङ्देन
झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गर्नुभएको छ।
आजदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गर्नुभयो।
“देश अहिले सङ्कटमा छ, देश रहन्छ कि रहँदैन”, अध्यक्ष लिङ्देनले भन्नुभयो“देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस्।”
उहाँले यस क्षेत्रमा उल्लेखनीय विकास भए पनि अझै धेरै काम गर्न बाँकी रहेको र भविष्यमा त्यो पूरा गर्ने मतदातालाई आश्वासन दिनुभयो।
सो क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा २८ वटा वडाका एक लाख ४० हजार ८५७ मतदाता छन्।
यस निर्वाचन क्षेत्रअन्तर्गत कचनवल गाउँपालिकाका १ देखि ७ सम्म सबै, हल्दिबारीका १ देखि ५ सम्म सबै र बाह्रदशी गाउँपालिकाका सबै वडाहरु पर्दछन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सम्बन्धित समाचार
दुर्गा प्रसाईं फेरि नियन्त्रणमा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ...
टी–२० विश्वकप : इंग्ल्यान्ड सुपर ८ मा, इटाली बाहिरियो
काठमाडौं। साविक विजेता इंग्ल्यान्डले आफ्नो ‘पावर गेम’ प्रदर्शन गर्दै भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित...
देशलाई नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग छ : विश्वप्रकाश शर्मा
तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर गरी समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




