खेलकुद

मच्छिन्द्रले चुम्यो सातौँ झापा गोल्डकपको उपाधि

काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै मच्छिन्द्रले आफ्नो दोस्रो सहभागितामा पहिलो पटक झापा गोल्डकपको उपाधि जितेको हो ।

उपाधि जितेको मच्छिन्द्रले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । खेलको ३१ औँ मिनेटमा मच्छिन्द्रले अग्रता बनाएको थियो । मच्छिन्द्रका स्ट्राइकर प्रदीप बुढाथोकीले विदेशी खेलाडी अयोला हमजातको पासमा गोल गरेका थिए । विपक्षी पोस्टको बायाँ बार च्याप्दै गरेको उनको प्रहार गोलमा परिणत भएको थियो ।

Jhapa-gold-Cup-Final-(1)-1771249274.JPG
एपीएफमाथि पहिलो हाफमा लगातार दबाब कायम राखेको मच्छिन्द्रले अर्काे गोल पहिलो हाफको ४५औँ मिनेटमा गरेको थियो । देवेन्द्र तामाङको लामो प्रहारलाई मच्छिन्द्रका फ्रयाङ्क अनोह गोल गर्न सफल भएका थिए । खेलको ८३औँ मिनेटमा मच्छिन्द्रले अर्काे गोल थप्यो । मच्छिन्द्रका अयोला हमजातको कर्नर प्रहारमा डिफेण्डर अलिसन अलिजोनोभले गोल गर्न सफल भएका थिए ।

पहिलो हाफमा २–० गोल अन्तरले पछाडि परेको एपीएफले दोस्रो हाफमा मच्छिन्द्रमाथि दबाब बढाएको थियो । खेलको ८२औँ मिनेटमा एपीएफले एक गोल फर्काएको थियो । विश्वास उदासको फ्रिकिकलाई मच्छिन्द्रका डिफेण्डरले क्लियर गर्न नसकेको बललाई एपीएफका दिपेश धिमालले सुन्दर गोलमा परिणत गरेका थिए ।

खेलको ७६औँ मिनेटमा एपीएफ १० खेलाडीमा सीमित भयो । डिफेन्डर मानबहादुर रानामगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपीएफले खेलमा दबाबको सामना गरेको थियो ।

CG Group
Jhapa-gold-Cup-Final-(2)-1771249274.JPG
फाइनल खेलको प्लेयर अफ द म्याच विजेता टिम मच्छिन्द्रका प्रदिप बुढाथोकी भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका पेमा तामाङ भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए ।

बेस्ट गोलकिपर मच्छिन्द्रका विशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै प्रवेश कटवाल, हाई स्कोरर मच्छिन्द्रका जोनाथन जोरिल्ला भए । उनीहरूले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए ।

प्रतियोगितामा टिकट लिएर फुटबल हेर्ने दर्शकमध्ये गोला प्रथाबाट बिर्तामोडकी प्रिती मोक्तानले यामाहा कम्पनीको एक थान स्कुटर जितिन् । यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य नरोत्तम गौतमलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । प्रतियोगितामा घरेलु टोली झापा–११ सहित भुटान, भारत र मलेसियाको गरी १० टिमको सहभागिता थियो । झापा गोल्डकप २०७२ सालदेखि सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

टी–२० विश्वकप : इंग्ल्यान्ड सुपर ८ मा, इटाली बाहिरियो

टी–२० विश्वकप : इंग्ल्यान्ड सुपर ८ मा, इटाली बाहिरियो

काठमाडौं। साविक विजेता इंग्ल्यान्डले आफ्नो ‘पावर गेम’ प्रदर्शन गर्दै भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित...

टी-२० विश्वकप २०२६ : अफगानिस्तानसँगको जितले दक्षिण अफ्रिका सुपुर ८ मा

काठमाडौं। आईसीसी टी-२० विश्वकप २०२६ मा अफगानिस्तानले पहिलो जित निकाल्ने क्रममा यूएईलाई पराजित गरेको छ । यो नतिजासँगै समूह...

आईसीसी पुरुष टी २० विश्वकप २०२६ : भारतसँग पाकिस्तानलाई ६१ रनले पराजित

आईसीसी पुरुष टी २० विश्वकप २०२६ : भारतसँग पाकिस्तानलाई ६१ रनले पराजित

काठमाडौँ। आईसीसी पुरुष टी २० विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गतको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनको फराकिलो अन्तरले...

विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त

विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त

काठमाडौं। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग...