टी–२० विश्वकप : इंग्ल्यान्ड सुपर ८ मा, इटाली बाहिरियो
काठमाडौं। साविक विजेता इंग्ल्यान्डले आफ्नो ‘पावर गेम’ प्रदर्शन गर्दै भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ।
समूह ‘सी’ अन्तर्गत आइतबार कोलकाताको ईडेन गार्डेन्समा भएको निर्णायक खेलमा इटालीलाई २४ रनले पन्छाउँदै इंग्ल्यान्डले सुपर-एटको टिकट काटेको हो।
यस समूहबाट वेस्ट इन्डिजले यसअघि नै लगातार जित निकाल्दै माथिल्लो चरण तय गरिसकेको छ। इंग्ल्यान्डले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो। योसँगै नेपाल, स्कटल्यान्ड र इटालीको विश्वकप यात्रा समूह चरणमै सीमित भएको छ।
ज्याक्सको कीर्तिमानी इनिङ्स
टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०२ रनको विशाल योगफल तयार पारेको थियो। टोलीको जितमा विल ज्याक्सले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमान रचे।
उनले मात्र २१ बलमा अर्धशतक पूरा गर्दै इंग्ल्यान्डका लागि टी-२० विश्वकपमा ‘फास्टेस्ट ५०’ को नयाँ रेकर्ड कायम गरे।
उनले पूर्व कप्तान ओएन मोर्गनको नाममा रहेको कीर्तिमान भंग गरे। मोर्गनले सन् २०१२ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध २५ बलमा ५० रन बनाएका थिए। ज्याक्स ५३ रनमा अविजित रहे। त्यस्तै टम बान्टनले ३० र फिल साल्टले २८ रन जोडे। इटालीका ग्रान्ट स्टवार्ट र कृशन कलुगामागेले २–२ विकेट लिए।
मनेन्टी र स्टवार्टको बहादुरी प्रयास
२०३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इटालीले अन्तिम ओभरसम्म कडा टक्कर दिए पनि २० ओभरमा १७८ रनमा समेटियो। इटालीका लागि बेन मनेन्टीले २५ बलमा ६० रनको आक्रामक इनिङ्स खेले। उनले ६ छक्का र ४ चौका प्रहार गर्दै इंग्लिस बलरलाई दबाबमा राखेका थिए।
तल्लो क्रममा ग्रान्ट स्टवार्टले १७ औं ओभरमा आदिल राशिदलाई लगातार तीन छक्का प्रहार गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। तर, १८ औं ओभरको अन्तिम बलमा साम करनले स्टवार्ट (४५ रन) लाई आउट गरेपछि इटालीको अप्रत्यासित जितको सपना सकिएको थियो।
बलिङतर्फ इंग्ल्यान्डका साम करन र जेमी ओभर्टनले ३–३ तथा जोफ्रा आर्चरले २ विकेट लिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सम्बन्धित समाचार
दुर्गा प्रसाईं फेरि नियन्त्रणमा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ...
देशलाई नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग छ : विश्वप्रकाश शर्मा
तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर गरी समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने...
देश बनाउनेलाई भोट दिनुहोस् : लिङ्देन
झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गर्नुभएको छ। आजदेखि सुरु भएको...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




