मुख्य समाचार

आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो पार्टी बन्छः अग्निप्रसाद सापकोटा

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गर्नुभएको छ । मंगलवार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।

देशभरीबाट आएको रिर्पोटको आधारमा आफ्नो पार्टी निर्वाचनबाट पहिलो पार्टी बन्ने निष्कर्षमा आफूहरु पुगेको नेता सापकोटाको भनाई थियो । उहाँले निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रशारण तथा प्रकाशन गर्न पनि आम सञ्चार माध्याम नचुक्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेता सापकोटाले भन्नुभयो, ‘नेपाली प्रेसले परिवर्तनको पक्षमा योगदान दिँदै आएको र त्यसलाई अझ सशक्त ढंगले अघि बढाउने कुरामा मैले जोड दिन चाहेको छु । आज विहानको समेत रिर्पोट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ । नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आईराखेको छ देशभरीबाट ।’

नेता सापकोटाले निर्वाचनमा आचारसंहिता कार्यान्वयनको विषयमा गम्भिर हुन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

अपडेट : पैदलयात्री कुट्ने कारचालकमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

अपडेट : पैदलयात्री कुट्ने कारचालकमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

काठमाडौँ। काठमाडौँको नारायणगोपाल चोकमा पैदलयात्रुलाई कुट्ने कार चालकमाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको छ। सामाजिक सञ्जालमा आज...

वडाध्यक्षले चलाएको गाडीमा ठोक्किदा मृत्यु

वडाध्यक्षले चलाएको गाडीमा ठोक्किदा मृत्यु

धनगढी। कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु...

कांग्रेसले बुधबार जनकपुरमा गर्दैछ निर्वाचनको पहिलो आमसभा

कांग्रेसले बुधबार जनकपुरमा गर्दैछ निर्वाचनको पहिलो आमसभा

काठमाडौं। नेपाली कांग्रेसले बुधबार जनकपुरमा सभा गर्दैछ। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले भोलिदेखि देशव्यापी सभा...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...